रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलबीच मित्रतापूर्ण भेटघाट भएको छ ।
Advertisement
बुधबार माघ २२ गते लामो समयदेखि अस्वस्थ रहनुभएकी केसीकी जीवन संगिनी पार्वता केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता पौडेल केसी निवासमै पुगेका थिए ।
भेटघाटका क्रममा पौडेलले पार्वता केसीको स्वास्थ्यलाभको कामना व्यक्त गरेको जनाइएको छ ।
राजनीतिक रुपमा फरक धारका नेताहरूबीच भएको यो भेटघाटलाई सद्भाव र मानवीय संवेदनासँग जोडेर हेरिएको छ ।