• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने


  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित
  • देवदह (रुपन्देही), २१ माघ । रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ ।

    Advertisement

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

    यही माघ १९ र २० गते नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । अध्यक्ष ज्ञवालीले विगतमा पनि रात्रिकालीन बजार सञ्चालनका लागि समिति बने पनि आवश्यक काम अघि बढ्न भने बाँकी रहेको बताउनुभयो ।

    उहाँले बजार सञ्चालनका लागि विशेष गरी प्रहरी–प्रशासन र स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । सञ्जालले विगतमा पनि पहल गरेको र पुनः पहल थाल्ने उहाँले जानकारी दिनुभयो । यसमा सिद्धार्थनगर नगरपालिकाले विशेष चासो राख्नुपर्ने उहाँको भनाइ छ ।

    ॅनेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाका हुँदै भित्रिने गरेका छन्, तर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवामा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन, बेलहिया हुँदै अन्यत्र जाने पर्यटकलाई कम्तीमा एकदिन भए पनि भैरहवामा बसाउन रात्रीकालीन बजार सञ्चालनको अत्यन्तै आवश्यकता छ’, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

    हप्तामा कम्तीमा दुईदिन रात्रिकालीन बजार सञ्चालन गरी स्थानीय खानाका परिकारको स्टल राख्ने, विभिन्न जातजाति तथा समुदायबाट सांस्कृतिक प्रस्तुति, गौतमबुद्धको जीवनीमा आधारित वृत्तचित्र देखाउनुका साथै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने उहाँको भनाइ छ ।

    रात्रिकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधुप्रसाद पन्थीले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम र सम्बन्धित ठाउँमा छलफल, पर्यटन प्रवद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचारप्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिनुभयो ।

    त्यस्तै विभिन्न संघ–संस्थासँग छलफल तथा अन्तर्क्रिया गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत सङ्घ–संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेस, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तर्क्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    त्यसैगरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकाले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा शान्तकुमार शर्माले बताउनुभयो ।

    करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका संघ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।

    बुधबार, माघ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.