खलङ्गा, प्युठान । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा भएको बताउनु भएको छ ।
मंगलवार माघ २० गते ठुलाबेसीमा सम्पन्न राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले साम्राज्यवादी शक्तिहरूले अराजनीतिक व्यक्तिहरूलाई नेपालको सत्तामा पुर्याएर नेपालको भूमिलाई आफ्नो स्वर्थ अनुरुप उपयोग गर्न खोजिरहेको बताउनु भयो । यतिवेला अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण नेपालले अत्यन्तै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरिरहेको महामन्त्री सिंहले जोड दिनुभयो ।
‘अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ, ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाली भूमि प्रयोग नगरिकन अर्को बाटो छैन ।’ सिंहले भन्नुभयो– ‘त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको छ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेथ थापाले मन्तव्यका क्रममा जिल्लाको अवस्थालाई राम्रोसँग बुझेको, जिल्ला मै स्थायी बसोबास भएको कारण राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तिलक जिसीलाई जिताउन आवश्यक रहेकाले गिलास चिन्हमा मतदान गर्न गराउन नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई आग्रह गर्नुभयो ।
जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ । यसप्रकार व्यक्तिहरूबाट प्युठानी जनतालाई सजग हुन उम्मेद्वार तिलक जिसीले आग्रह समेत गर्नुभयो ।
जिसीले राष्ट्रियता, गणतन्त्रको रक्षा गर्न एवं संघीयताको खारेजी तथा समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न सिंहले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने र अखिल छैठौंका केन्द्री अध्यक्ष शुवास जिसीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समानुपातिक उमेदवार बिनोद कुमार विक, कमला पोख्रेल, अमर बिटालु, अखिल नेपाल युवक संघका जिल्ला सल्लाहकार बरुनध्वज मल्ल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष जनक केसी र सञ्चालन राजमो नेता वीर बहादुर केसीले गर्नुभएको थियोे ।
कार्यक्रममा समानुपातिक उम्मेद्वार बिनोद कुमार विक, कमला पोख्रेल, अमर बिटालु, अखिल नेपाल युवक संघका जिल्ला सल्लाहकार बरुनध्वज मल्ल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष जनक केसी र सञ्चालन राजमो नेता वीर बहादुर केसीले गर्नुभएको थियोे ।
