कञ्चनपुर । रास्टिय जनमोर्चा कन्चनपुरले निर्वाचन क्षेत्र न. १को बेलौरी बजारमा आज माघ २० गते निर्वाचन प्रचार प्रसारको लागि सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन क्षेत्रका उम्मेदवार राजाराम चौधरीले गर्नुभएको हो।
कार्यक्रममा राजमो कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्की, जिल्ला सदस्य प्रमानन्द खडायतले मन्तब्य राख्नुभएको छ ।
कार्यक्रमको अध्यक्षता कुवर बहादुर चौधरीले र सञ्चालन राजमो सहसचिव रङ्ग बहादुर चौधरीले गर्नुभएको थियो ।
पार्टिको बिचारप्रति प्रतिबद्धता जनाउँदै सुक्लाफाटा १२ निबासी लक्ष्मण कार्की, बेनपा ८ निवासी पुत्तु चौधरी र बेनपा ७ निवासी जगत चौधरीले राजमोको सदस्यता लिनु भएको छ ।

त्यसैगरी माघ १९ गते रास्टिय जनमोर्चा कन्चनपुरले निर्वाचन क्षेत्र न. २ को सुक्लाफाटा नपा १ बन्साहमा चुनाव प्रसार प्रचार सम्पर्क कार्यालयको उद्घाटन उम्मेदवार राम बहादुर कार्कीको प्रमुख आथित्वमा सम्पन्न भएको छ ।
कार्यालय उद्घाटनको अबसरमा सुक्लाफाटा १ निवासी बिस्णु बहादुर कार्की, सुनपा १२ निवासी धिर्क बहादुर कार्कीले पार्टिको सदस्यता लिनु भएको छ ।
कार्यक्रमको अध्यक्षता राजमो नेता टुङ्गे बोहरा तथा सञ्चालन राजमो नेता जनक कुवरले गर्नु भएको थियो ।
त्यस्तै माघ १७ गते राजमो कञ्चनपुरको आयोजनामा मोटरसाइकल र्याली भएको थियो । उक्त र्याली गणतन्त्र चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोण सभालाई पार्टीका महासचिव मनोज भट्टले सम्बोधन गर्नुभएको थियो ।

