• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राष्ट्रिय जनमोर्चा मात्रै नेपाली राजनीतिको वैकल्पिक शक्ति हो : खनाल


  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
  • मुम्बई, फरवरी १ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निवर्तमान अध्यक्ष ठाकुर खनालले राष्ट्रिय जनमोर्चा मात्रै नेपाली राजनीतिको वैकल्पिक शक्ति भएको बताउनु भएको छ । साथै खनालले मूल प्रवाहको नेपालमा हुने राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि चल्ने आन्दोलनमा भुमिका रहँदै आएको ठाकुर खनालले बताउनु भयो ।

    Advertisement

    फरवरी १मा समाजको मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा नवी मुम्बई पनवेलमा सम्पन्न निर्वाचन परिचालन भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि ठाकुर खनालले ॅमूल प्रवाहले हमेशा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि चल्ने आन्दोलनमा सहयोग र समर्थन गर्दै आएको छ । अहिले नेपालमा साम्राज्यवादी चलखेल बढेर गएको छ ।’ खनालले अगाडि भन्नु भयो– ‘पहिले भारतीय साम्राज्यवादको चलखेलबढी थियो, अहिले अमेरिकी साम्राज्यवाद हावी भैरहेको छ । गणतन्त्र, राष्ट्रियताको रक्षा एवं संघीयताको खारेजीको आन्दोलनमा पनि मूल प्रवाहको जोडदार भूमिका रहनेछ ।’

    साम्राज्यवादी शक्तिका कठपुतलीहरूले जेनजी उमेर समुहका बालबालिकाहरुलाई औजारको रूपमा प्रयोग गरी देशमा उत्पाद मच्चाउने काम गरको खनालको भनाई थियो । ‘भ्रष्टाचार विरुद्धको आन्दोलन केवल बहाना थियो, जेनजी युवाहरूलाई उपयोग गर्नेहरू आफै भ्रष्ट छन् ।’ खनालले अगाडि भन्नुभयो– ‘देशमा नयाँ तथा वैकल्पिक भनिएका व्यक्तिहरू साम्राज्यवादीहरूद्वारा संचालित छन्‌् । साम्राज्यवादी योजना अनुसार उनीहरूलाई पहिले चर्चित (पपुलर) बनाईयो अहिले त्यही पपुलरटीलाई क्यास गराए वैकल्पिक राजनीतिको नाममा राष्ट्र सिध्याउने षड्यन्त्र चल्दैछ ।’ यतिवेला राष्ट्रियता गम्भिर संकटमा परेको छ खनालको भनाई थियो ।

    वास्तवमा नेपालको हकमा राष्ट्रिय जनमोर्चा नै वैकल्पिक शक्ति नै हो । नेकपा (मसाल) राष्ट्रिय जनमोर्चा सच्चा कम्युनिस्ट भएको खनालले जोड दिनु भयो । त्यसका साथै अगामी फाल्गुन २१ गतेको निर्वाचनमा जनमोर्चालाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्नु सम्पूर्ण नेपालीको दायित्व भएको खनालले बताउनु भयो ।

    भेला क्षेत्रीय अध्यक्ष श्याम तरामु अध्यक्षता र खुम पुन सञ्चालनमा सम्पन्न भएको थियो । विशिष्ट अतिथि सचिवालय सदस्य गोविन्द थापा, अतिथिहरू केन्द्रीय समितिका अनन्त राहादी, टंक कुवर, महिला विभागबाट मिना गुरुङ, जनजाति विभागबाट सन्त बहादुर थापा, समता विभागबाट धन बहादुर बिक, सांस्कृतिक विभागबाट ज्ञानु राहादी, अखिल भारत नेपाली विद्यार्थी संघबाट निरुता राहादी, पुना पूर्व नगर अध्यक्ष राम बाजी, अलीबाग नगरबाट चित्र बहादुर थापा, रायगढबाट रण बोगटी, तारापुरबाट सरस्वती पल्ली, मुम्बईबाट चन्द्र सिंह, कलाकार प्रकाश जेठाराको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पछि जितमान सिंजालीले सहभागी सबैलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमलाई अन्य अतिथिहरूले पनि सम्बोधन गर्नु भएको थियो ।

    भेलामा अध्यक्ष– श्याम त्रामुको संयोजकत्वमा ८७ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ । अन्य सदस्यहरुमाः शेर बहादुर पुलामी, वोम सिंजापति, रमेश दर्लामी, अनन्त राहाडी, जायेश्वर अधिकारी,सन्तु थापा, जितमान सिंजाली, चित्र बहादुर थापा, दान बहादुर राना, मधु पुन, चन्द्र सुवेदी, धन बहादुर विक, राम वाजी, चक्र बहादुर विक, रण बहादुर बोगटी, सुनिता पुन, लेखनाथ पाण्डे, भिम बहादुर घर्ति, धन सिंह राहाडी, करण महर, महेन्द्र थापा, तिलक राना, तिलक सारु, हुम बहादुर दमै, कल बहादुर पुन, लक्ष्मण विक, अरुण ताम्राकार, प्रकाश जेठारा, खड्क राई, रेनुका कुँवर, दिलीप विक, जनक भुल, रोम बहादुर थापा, पदम कुँवर, चक्र बिक, उज्ज्वल सिंह भुल, दिपक कार्की, दिलिप विश्वकर्मा, सन्दीप सिंह, हिम्मत बोगटी, विजय विश्वकर्मा, धोज बिक, राम अवस्थी, लक्ष्मण बिक, रोहित शर्मा, खिमराज राउत, मेघराज केसी, सुरेश केसी, सुरेश बिक, लक्ष्मी बिक, टंक कुवर, सरस्वती पल्ली, आकाश नेपाली, चन्द्र नेपाली, ज्ञानी राहडी, तिलक गौतमे, हरि गौतम, राजाराम ठडराई, रवि थापा, करण महर, धुर्व अर्याल, मिना गुरुङ, खिम पल्ली, कुमार थापा, नुमान थापा, पूर्ण गुरुङ, जमान सिंह गुरुङ, भक्त बहादुर गुरुङ, मान बहादुर पुन, इश्वर पुन, खिम पल्ली, आँसु गुरुङ, लुमेश गुरुङ, हेमन्त दर्लामी, राजु पुन, नरबहादुर खाम्चा, खिम गुरुङ, दल बहादुर गुरुङ, दल बहादुर गुरुङ, भिम बहादुर पल्ली, सुशील गुरुङ, निरज थापा, बोम दर्लामी, तेज बहादुर थापा, रमेश राना, चन्द्र सिंह रहनुभएको छ ।

    साथै कोषाध्यक्ष अनन्त राहाडीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक तथा निर्वाचन परिचालन समिति गठन गरिएको छ । सदस्यहरूमाः खुम पुन, टंक कुवर, श्याम तरामु, सन्त बहादुर थापा, राम बाजी, चन्द्र सिंह, रमेश दर्लामी र खिमराज राउत रहनुभएको छ ।
    रक्तिमका कलाकारहरूले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.