खिमराज चालिसे, भारत ।
भारतको पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा आज ०१ फरवरी २०२६ को निर्वाचन लक्षित भेला सम्पन्न भएको छ । भेलाले १०१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आतिथ्यता सम्पन्न सो भेलामा निर्वाचनमा स्वदेश जानेगरि विभिन्न समसामयिक विषयहरूमा व्यापक चर्चा गरिएको थियो ।
भेलामा मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद सदस्यहरू शुष्मा खड्का र जमुना गाहा, नगरका समितिका लक्ष्मण केसी, सन्जीत बस्याल, मीना बगाले, मीना थापा, राजेन्द्र थापा, रामु विक, देवसिंह गुरुङ, लक्ष्मी थापा, रमा बिष्ट, रोशनी बस्याल, मधुकर भण्डारी, सर्मिला सापकोटा, सरिता सुनाम, गोमा विक, भागीलाल घर्ती, सीता विक, माया परियार, सन्तोषी थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम जितमान थापाको अध्यक्षता तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरूलाई हिम प्रसाद सुनामले मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो ।