बागलुङबजार । बागलुङ क्षेत्र नं. १ का साझा वाम उम्मेदवार कृष्ण अधिकारीलाई विजयी गराउने चुनावी अभियानअन्तर्गत जैमिनी नगरपालिका–१ कुश्मीशेरामा चुनावी सभा सम्पन्न गरेको छ ।
पाँच सय एक सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गर्दै २०८२ माघ १८ गते आइतबार जैमिनी नगरस्तरीय सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाका प्रमुख अतिथि तथा साझा वाम उम्मेदवार कृष्णप्रसाद अधिकारीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियोे ।
त्यस्तै भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलावती शर्मा र कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना र क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाले मन्तव्य राख्नुभएको थियोे ।
भेलाले संयोजक दिलबहादुर श्रीस र सहसंयोजक लालबहादुर परियार रहनुभएको ११ सचिवालय रहेको निर्वाचन परिचालन समिति जैमिनी चयन गरेको छ ।
त्यस्तै भेलाले चन्द्रबहादुर केसीको संयोजक र सहसंयोजक कुमार थापा रहनुभएको पाँच सय एक सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
एवम् प्रकारले भेलाले संयोजक खगेन्द्र थापा र सहसंयोजक विवश थापा रहनुभएको युवा परिचालन समिति पनि गठन गरेको छ ।
एवम् रीतले शान्तकला शर्मा संयोजक र सहसंयोजक झपेन्द्रकुमारी मल्ल रहनुभएको महिला परिचालन समिति जैमिनीसमेत गठन गरिएको छ ।
भेला निर्वाचन परिचालन समिति जैमिनीका संयोजक दिलबहादुर श्रीसको अध्यक्षता, सहसंयोजक लालबहादुर परियारको सञ्चालन र क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्य नरबहादुर पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियोे ।
