डुम्बरवाना । राष्ट्रिय जनमोर्चा बाराले निर्वाचन लक्षित भेला सम्पन्न पारेको छ । भेला जिल्लाको डुम्बरवानामा सम्पन्न पारिएको हो ।
जिल्ला अध्यक्ष रेमश भट्टराईको अध्यक्षतामा सम्पन्न सो भेलामा अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै रेग्मीले गणतन्त्र, राष्ट्रियताको रक्षा, अमेरिकी साम्राज्यवादको हस्तक्षेपको भण्डाफोर एवं जनजिवीकोको ग्यारेन्टीका विषयलाई लिएर राष्ट्रिय जनमोर्चा चुनावी मैदानमा उत्रिएको बताउनु भयो ।
भेलामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, किसान संघका केन्द्रीय सदस्य हेमराज पौडेल लगायत राजमोका जिल्ला स्तरका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भेलाले शेरबहादुर कार्कीको संयोजकत्वमा २७ सदस्यीय चुनाव परिचान समिति गठन गरेको छ । त्यस्तै रमेश भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति पनि गठन गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रचार प्रसार समितिको संयोजक रमेशर भट्टराई र ४ नम्बर क्षेत्रको संयोजक लिलप्रसाद पौडेल रहनुभएको छ ।