बन्धु कोइराला ‘खेकोब’ ##
म सम्झन्छु निश्चयको यो कथन– “म आफ्नो सद्गुणका कारण दण्डित भएको छु । दूराचार्य या दुष्कर्मले होइन ।”
यो कुरा मोहनविक्रम सिंहमा लागु हुन्छ । लाग्छ, उनको बह, मुटुको बह, मनको पिर कसलाई कसरी व्यक्त गर्ने निश्चयको यो कथन एउटा संवेदनशील भावुक व्यक्तिका लागि चुनौतीको विषय बनेको छ तैपनि अथाह पीडा बोकेर आफ्नो अन्त:स्करणको भाव र भावनामा उनी रुमलिंँदै आफ्नो लक्ष्यमा अघि बढेका छन् सिंह ।
यही क्रममा खतरामा बाँच्ने कहिले भूमिगत कहिले अर्धभूमिगत नेता हुन— देवता होइनन् । उनी एउटा स्वाभिमानी, कर्मठ, सङ्घर्षशील व्यक्तित्व ।
जीवनमा यही सङ्घर्षले उनलाई उठायो । यही सङ्घर्षमा इमानदारिता थपेकाले यथास्थितिमा राख्यो । सङ्घर्ष सङ्घर्षै हो, उनी असन्तुष्ट मात्र भएर बसेनन् । विसङ्गति र विकृतिमा आपूm फसेनन् अनि सजिलो बाटोका लागि पलायन पनि भएनन् । पलायन नहुनु उनको सबभन्दा ठुलो उपलब्धि हो ।
सङ्कट पर्दछ मानिसलाई नै, जो एउठा अठोट लिएर बसेको हुन्छ, आत्मविश्वासका साथ दृढता लिएको हुन्छ । कत्र्तव्य र कर्मनिष्ठा लिएको हुन्छ । साहसका साथ निष्ठालाई अगाडि बढाउन पुगेको हुन्छ । आत्मसमर्पण भन्ने सोच्नै सक्दैन, गर्ने त कुरै जाओस् । यस्ता व्यक्ति हुन् उनी, जसले नाफा हेरेन । आफ्नो कामलाई नोक्सानको मिटरमा नापेन । लाभहानि केही भनेन, कुनै तुलोमा तौलेन ।
जे देख्यो अन्तर्हृदयले गर्यो, भो देख्नका लागि उसका लागि विभिन्न द्वन्द्वका लागि अन्तरद्वन्द्व आए । ऊ बाह्य लडाइँ गर्यो भित्र पनि लडाइँ गर्यो । उसले कुनै बडप्पन देखाएन, ढाँटेन, कृत्रिम बनाएन । उसमा कपट रहेन, दोहोरो चेहरा, दोगलापन, उसको कर्ममय यात्रा उसको परिवारका लागि थिएन । उसका आफन्तका लगि थिएन । देशका लागि थियो । समाजका लागि थियो ।
ऊ औसत व्यक्तिभन्दा भिन्न थियो । जहिले पनि बहुसङ्ख्यकको लागि सोच्दथ्यो शोषित, पीडितका लागि । यसैले उसले आफ्नो घरसँग सम्बन्ध तोड्यो । पिताको शोषणबाट आफू अलग्ग रहयो । त्यति मात्र होइन, उसले पिताको सामान्ती प्रवृत्तिलाई नङ्ग्याउनु त छँदै थियो । त्यसालाई विरोध गरेर पनि हिँड्यो उसले कहिल्यै व्यक्तिवादी चरित्र देखाएन । न कुनै जाति न प्रजाति, न धर्म न सम्पदाय, न भाषा न भाषी, न क्षेत्र न क्षेत्रीयता, न वर्ण न उपवर्णन, न लिङ्ग न संस्कृति विभेद । ऊ सर्वत्र एकैरुपमा उभियो । ऊ आफूलाई माक्र्सवादी धारा र धारणामा अघि उभ्याउन पुग्यो ।
हो उसले एउटा गल्ती गरेको छ । त्यस गल्तीले जीवनभर पीडित बनेको छ । तर त्यसलाई उसले सुधार्न चाहेको छ । सुधारिसकेको छ । आइन्साटाइनले भनेको जसले कहिल्यै गल्ती गरेको छैन, उसले कुनै पनि नयाँ कर्म गर्ने प्रयास गरेको हुँदैन । यस भनाइमा उसको नयाँ सार्थक प्रयासलाई म जोड्न सक्छु ।
ऊ यस अवस्थामा आफू लेखनमा प्रवृत्त हुन्छ । नेपाली वाङ्मय बढाउँछ । नेपाली साहित्यको उडान भर्छ । नेपाली जाति मात्रलाई अगाडि बढाउने उसको मूल मर्म साकार पार्न चाहन्छ ।
हो, केही प्रकृतिमा, केही भूगोलमा, केही परिवेशमा, केही वातावरणमा ऊ समेटिएको छ या उसको समेटाइमा न ढोङ छ, न स्वाङ छ, न कुनै षड्यन्त्र छ, छ त एक मात्र यथार्थ पक्ष । उसको जीवन मानवतावादमा आधारित छ । मलाई लाग्छ, यो मानवतावाद मानौँ, यो स्वतन्त्रता, समता, भ्रातृत्वमा आधारित छ तर त्यसभन्दा पनि अगाडि गएर यसले रूढी, कुरीति विरुद्ध आफ्नै स्वत्वलाई ग्रहण गर्न पुगेको छ । निरीश्वरवादविहीन ।
प्रश्न उठ्छ, मानवभित्र यस्तो के छ ? जसले व्यक्तिलाई अराजकतावादी बनाउँछ अथवा स्वच्छन्दतावादी । उसको जीवनमा नैतिकताको प्रश्न उठेको छ । त्यो नैतिकताका तीन पक्ष मूल नैतिकता, सामाजिक नैतिकता, व्यैयक्तिक नैतिकतामा आधारित छन् । मूल व्यैयक्तिताले समय र स्थानको बन्धन तोडेर मानव कल्याण मात्रको कामना गर्छ, सामाजिक नैतिकताले नीतिनियमलाई अनुशरण गर्छ अनि व्यैक्तिक नैतिकताले व्यक्तिमा आउने खराब, असल, उचित, अनुचितको ज्ञान, त्यसको महत, विश्वास र त्यसका नैतिक मूल्य र आदर्श आउँछन् ।
नैतिकता भन्ने कुरा आचरणसँग सम्बन्धित छ । परम्परागत धर्म, नीतितत्त्वबाट बाहिर गएको अवस्थामा र नैतिक व्यवहारको उल्लङ्घन हुन्छ । यस अर्थमा विसङ्गत जीवन नबिताएर सक्रिय जीवन बिताउनु उनको महत्त्वपूर्ण पक्ष रहेको देखिन्छ ।
‘नियति’ लाई भाग्य, प्रारब्ध, भवितव्यजस्ता अर्थको रूपमा शब्दकोशमा लिइने गरिन्छ । भाग्यलाई सौभाग्य वा दैवको अर्थमा भवितव्यलाई घटित हुने कुराको रूपमा भवितव्यलाई प्रारम्भ अर्थात् बलवान् रूपमा देवतालाई संयोग, अकस्मात भाग्यको रूपमा लिइने गरिन्छ । ग्रिसेली दर्शनमा नियतिवादको प्रमुख भूमिका छ । नियतिवाद स्वानुभूति वा दोस्तोयभ्स्की र क्युमको जस्तै पनि हुन सक्छ । नियतिवादी ईश्वरवादी पनि हुन सक्छ । आकस्मिकताजस्तो पनि हुन सक्छ । भौतिकतावादी यसलाई संयोग वा दुर्योग भन्न सक्दछन् । यो अव्याख्य स्थितिमा छ ।
जीवनलाई अथ्र्याउन नसक्ने प्रकारले खेर गएको देखेर कुनै रहस्यमय शक्ति र सत्ताप्रति आकाङ्क्षा बनी अप्रिय परिणतिलाई दिइन्छ । उनी व्यक्तिलाई उत्तरदायी वा दोषी किटान गर्न नसक्ने स्थितिलाई नियति मान्दछन् । अरस्तुले त्रासदीको आदर्श नायक सज्जन भएन पनि ज्ञान वा अज्ञानमा पाप गर्नेलाई मानेका छन् । यस्ता नायकको दुखान्त अदृश्य रूपमा नियति प्रेरित भए पनि स्वप्रेरित हुन्छ ।
नियतिलाई भवितव्यको रूपमा पनि लिन सकिन्छ । जीवनको दु:ख, सुख व्यक्तिका पापपुण्य हुन् । संसारमा अवतरित मान्छेले जे जस्ता सत्असत् आचरण गर्छ । ती सबै नियतिद्वारा पूर्व निर्धारित हुन्छ भन्ने मान्नु नियतिवाद हो । व्यक्तिको कर्मभन्दा भिन्न भाग्य, प्रारब्धजस्ता कुराका आधारमा जीवनको प्रक्रिया सञ्चालित हुन्छ भन्ने विश्वास नियतिवादी धारणले बोक्ने गर्छ ।
कोइरालाको ‘हिटलर र यहुदी’ ले गीताको अभिप्रायलाई धर्मवाद, कर्मवाद र कर्तव्यवादको रूढ अर्थमा भन्दा पनि नियतिवादको अर्थमा गीतालाई जीवनसापेक्ष उपयोग गरेको छ । नियतिको निर्देशनको परिणाम महाभारत युद्ध, हिटलरवाद यहुदीवाद मानव नियतिको “आफैले खनेको बाटोमा हिँडेका साठी लाख यहुदीहरू हिटलरको भट्टीमा होमिए”, “नियतिलाई प्रश्न नगर”, “प्रत्येक मानिस, प्रत्येक जाति नियतिको छाप लागेर जन्मिन्छ” भन्ने कुरासमेत यसमा पाइन्छ । यसमा वृद्धिवादको अधिक चर्चा छ । नियतिवादलगायत ईश्वरवाद, मानववाद, जातिवाद, कर्मवादको राम्ररी विश्लेष्ण गरिएको छ । विश्वास, अन्धविश्वास, कर्मवीरता, कर्मयोग धार्मिक अस्तित्ववाद, भौतिक अस्तित्वाद, मानवतावादजस्ता कुरा पाइन्छन् । यसमा एकातिर नियतिको प्रधान्य व्यञ्जित अर्कोतिर ईश्वरको अनस्तित्वको छनक पाइन्छ । तीन तत्त्व आउँछन् किनभने गीतामा कर्मयोग र ज्ञान योग दुवैको सरल व्याख्या छ । सामान्यत: गीतामा आश्वासन पाइन्छ, सन्तुष्टि हुन्छ, आत्मविश्वास पलाउँछ । कोइरालाको नियतिवादी मान्यता पूर्ण अध्यात्मवादी वा अस्तिक छैन तर यो नास्तिक ।
‘म क्रान्तिको भोको छु, क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।’
‘हो बा, त्यो आउँछ, त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।’
‘म राक्षसलाई आँशुले छकाएर तिनीहरूको काल पत्ता लगाइदिन्छु, तिमी तिनीहरूलाई मार मलाई हर ।’
‘यहाँ स्वास्थ स्पष्ट गर्भाधान हुनुपर्छ, यहाँ बुद्ध जन्माउनुपर्छ, यहाँ लेनिन जन्माउनुपर्छ ।’
‘मेरो आँगाले हार हार्नेका निम्ति होइन, मेरो जयमाला विजेताका निम्ति मात्र हो ।’
‘यहाँ हामीलाई यो अलगमला नै प्रिय छ यो घरमर नै प्रिय छ तर हामीलाई त्यसलाई त्यसो भन्न चाहँदैनौँ त्यसो भन्ने तिमी को ?’
‘पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे तिमी उनलाई उनकै प्रकाशमा देख तिमी उनलाई आजकै औँसीको रातमा भेट ।’
खुल्ला हृदय सरल र पारदर्शिता भित्री अथाह पीडा जीवनको, जगतको, देशको विदेशको, मानवको मानवताको, सत्यको खोजी, स्वतन्त्रताको खोजी, बन्धनको मुक्ति दासत्वको मुक्ति, किसानको मुक्ति, मजदुरको मुक्ति हेपिएका, थिचिएका, मिचिएका, किचिएकाको मुक्ति ।
ऊ मानव हो परिचयको लागि नेपाली जाति हो । नेपाल भूमिको नेपाली हो । गौतम नेपाली हुन् । जनक नेपाली हुन् । शिव नेपाली हुन्, जहाँबाट आत्माको अमरता, ज्ञानको विचारता, यत्रतत्र सवत्र फैलिएको छ । बुद्ध, जिसस, मोहम्मद, जरथ्रुस्ट, लिनहिन उनीहरू त्यही देशका त भएनन् नि । मान्छेका लागि भए, मानवजातिका लागि भए, तिमी दृष्टता नगर, ईष्र्या नलेऊ, द्वैष नलेऊ, तिमी सबैको हुन्छौ । सर्वेभवन्तु: होऊ । पृथ्वी नै तिम्रो कुटुम्ब बन्छ ।
कति लेख्नका लागि लेख्छन् । कति अन्तरप्रेरणाको लागि, कतिको अन्तरप्रेरणा उद्देश्यका लागि हुन्छ । अन्तरआत्मासँग सम्झौताविना स्वतन्त्रलेखन तर आफ्नो उद्देश्यमा स्पष्ट ।
पानी पानी हो । त्यो बोल्दैन । आगो त आगै हो, त्यो निभ्दैन, बग्दैन ।
उसले हारेन । उसले जितेन । समभाव एक अर्थमा निषकाम कर्मजस्तो तर त्यो त होइन । नियतिले डोर्याएको, नियतले तोकेको, ऊ देवता होइन, राक्षस पनि होइन । मनुष्य नै हो । मान्छे एक अर्थमा निरीह प्राणी, इच्छा धेरै गर्ने पूर्ण नहुने । एकअर्थमा नियतिले डोर्याएको भन्न मिल्ने नियतिको सिकार हो कि ।
जे होस् सत्य, न्याय, विवेक, बुद्धिमता, शिष्टता, विनम्रता, इमानदारिता, कर्मठता, सन्तोष, असनध्य, अक्रोधजस्ता उसका सार्वभौम पक्ष छन् । यिनलाई उसले निष्ठापूर्वक बढाएको छ । कसैप्रति धोका नदिनु उसको निजीपन हो निजत्व । सायद उसले सोच्यो होला, तिमी केवल प्रेमको लागि विवाह गर । पेनको कथन, जसले समाजको हानि गर्छ । त्यो जहर हो, जरुर असली साहित्य होइन । देवकोटा भन्थे– त्यो उसको अनुशरणको पक्ष बन्यो ।
वास्तवमा संसारमा केवल दुई शक्ति छन् । तरबार र कलम अन्तमा तरबारको हार र कलमको विजय हुन्छ । नेपोलियन भन्ने गर्थे– ऊ कलमप्रति जागरुक छ । उसको सिद्धान्त यथासम्मत रगत बगाउनु होइन तर गान्धी तथा बुद्धको जस्तो अहिंसा मात्र होइन । त्यसैले ऊ बिचबिचको बाटो पक्रिन्छ । हुन सके तरबारबाटै भन्दा कलमबाट जनताको राज्य लिन खोज्छ तर सत्तामा बस्न चाहँदैन । पाँच लाखको कलम उसको चाहना होइन । सिंहदरबार, बालुवाटार उसको आफ्नो लक्ष्य होइन । झन्डै झन्डै गान्धीजस्तै बुद्धले राजपाठ छोडे । ज्ञानको निम्ति बुद्धले अनि गान्धीले सत्तै छोडिदिए । मदन भण्डारीले पनि लिएनन् । मनमोहनलाई दिए । गणेशमानले लिएनन् ।
एउटा कवि हृदयको मान्छे संवेदनशील हुन्छ । उसको समवेदना मन, मुटु दुवैमा हुन्छ । कविता शब्द र सङ्गीत हो अनि सङ्गीत ध्वनिकविता फुलर बन्छन् । यो उसमा यत्रतत्र छाएको छ । त्यसैले कहिले कविता भन्छ । त्यहाँ शब्द खोज्छ । कहिले नाटक भन्छ । त्यहाँ गीतसङ्गीत खोज्छ अनि कलाको मर्म पक्रिन्छ तर त्यहाँ पनि उसको एउटा कमजोरी छ । त्यो कमजोरी हो– शब्दको खेती गर्नु, त्यो खेती कलात्मकतालाई तथा शिल्प पक्षलाई कम जोड दिनु ।
जो सत्य छ, त्यसको खोज अनि जो कल्याणकारी छ । त्यसको साधना यी कुरा दर्शनका सबैभन्दा महŒवपूर्ण उद्देश्य हुन् । भोल्टेयर भन्छन् । यही कुरा उसमा लागु हुन्छ । ऊ भनिदिन्छ, दर्शन ज्युने कला न हो । यही सेक्सपियरबाट उसले पढेको थियो । ऊ शिलाजीले भनेझैँ न राज्य चाहान्छ, न स्वर्ग, न मोक्ष, ऊ त दु:खमा परेका प्राणीको दु:ख निवारण गर्न चाहन्छ । श्रेयको चाहना, कल्याणको चाहना, क्रेयको आकलझुकलमा मात्र । सत्य प्रत्येक व्यक्तिको विभूति हो ।
स्वामी रामतीर्थ भन्छन्– संसारमा सन्तोष नै परमधन हो । ओडिसनको भनाइ छ– तर चरित्र नै जीवनको जुहार हो । यसले कहिलेकाहीँ उसलाई ठेस लगाउन पुग्छ । सीताजीले परीक्षित हुनुपर्ने । उसले पनि त हुनुपर्ने । एउटाले कानुन हिसाबमा अर्कोले लोकापवादमा अग्निद्वारा सुवर्ण परीक्षा गरिन्छ । धनको अभावद्वारा मानिस सेनेका भन्छन् । यसैले जहिले पनि परीक्षित हुन चाहन्छ । त्यो परीक्षाको एउटा पक्ष हो । अध्ययन, अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउँछ । फ्रान्सिस बेकन भन्छन्– लेखाइले ठिकजस्तो हुनुपर्छ, त्यस्तै बनाउँछ ।
मानिसका कमजोरी हुन्छन् तर त्यो कमजोरीलाई सच्याउँदै, सुधार्दै मान्छे आफ्नो बाटोमा अग्रसर हुन्छ । त्यो अग्रसरता हो, मान्छेको मानवीय पक्ष । इपसेन भन्छन्– संसारमा सबभन्दा बलियो मानिस त्यो हो, जो एक्लै उभिन्छ । उसको कुरामा बुद्ध उभिए, ईशा उभिए, गान्धी उभिए, लिङ्कन, मण्डेला आदि । ऊ खुब किताब पढ्छ । ती किताबमध्ये सबै एउटै रूपमा हुँदैनन् । उसले बुझेको छ, गीता अथवा क्यापिटल । ऊ भन्ने गर्छ, बेकनको यो सूत्र कुनै पुस्तक चाख्नका लागि, कुनै निल्न र कुनै चपाएर पचाउनका लागि हुन्छन् । हुन त हो यथार्थवादी हो तैपनि उसमा केही आर्दशका पहलु छन्, ती पहलु हुन् होची मिन्हको आदर्श यस्तै यस्तै । उसको जीवन सफलिसको प्रयत्नजस्तै छ ।
सफलिसको जीवन जति प्रयत्न गरे पनि परिणाम प्राप्त नभएको तर अरूका लागि उदाहरण अरूले गरिरहेकै छन् । त्यसमा प्रेरणा लिएकै छन् र जीवनमा एैजेरु, गलगाँडाजस्ता कुरा पनि छन् । उसको एउटा कर्तव्य छ । राष्ट्रवादको निष्ठा र इमानदारिताको त्यो राष्ट्रवाद राष्ट्रियतामा आधारित छ, षड्यन्त्रमा हैन । हो पनि खोज्छन् । “सबै सुख भनी सुख त्यो कहाँ छ ? आपूm मेटाई अरूलाई दिनु जहाँ छ ?” जीवनको एक क्षण पनि त कर्तव्यविमुख छैन । त्यसैले कर्तव्यशीलता उसमा छचल्किएर आउँछ । यही कर्तव्यशीलताले उसले लेकबेसी भनेन । हिमाल, पहाड र तराईमा कुनै पर्वाह गरेन । सीता, भृकुटी, जनक, बुद्ध, शिव केही छोडेन । ऊ नेपाली सभ्यतामा, नेपालको इतिहासमा, नेपालको गौरवतामा केन्द्रित भई अघि बढ्यो ।
ज्ञानी व्यक्ति मृत्युमा पनि हाँस्छ । मूर्ख ज्युँदो हुँदा पनि रुन्छ । ज्ञानी केही नहुँदा पनि आनन्दित हुन्छ । अज्ञानीसँग सर्वोस्व भए पनि दुखी हुन्छ । यो कथन अष्टावक्र गीताको ४–१ को हो । विश्वको दर्शन र धर्ममा पूर्व दर्शनको प्रभाव छ भनिन्छ ।
माक्र्सवादको लक्ष्य हो– वर्गसङ्घर्ष चर्काउनु, पुँजीवाद समाप्त गर्नु, क्रान्तिलाई प्रोत्साहन गर्नु, साम्यवादतर्फ लैजानु । यसको निम्ति साहित्य र राजनीति दुवैमा हात हालेको छ । एउटा प्रगतिवादी, विद्रोही, क्रान्तिकारी, असत्य, अविवेक, अन्याय, अइमान्दारी, अतर्कशीलताभन्दा पर रहेर उसले काम गरेको छ । सानामा केही हठी, स्वच्छन्दतावादी पछि स्वतन्त्र र भावुक ऊ राजनीतिक परिवर्तन भए, सामाजिक भएन, लङ्गडा, अन्धाको समाजमा सध्य र देख्नेले हिन्न कहाँ पाउँछन् ।
हिजोसम्म जो रोई रोई बसिरहेका थिए
आज तिनै हाँसी हाँसी मर्न तयार छन्
एक युगमा एक दिन, एकचोटी आउँछ
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ
लाटो निर्धा बोल्न थाल्छ चल्छ ओठ दु:खको
सहेँ भनी सम्झिएका दु:ख फेर्न उठ्छन्
आमा त्यो आउँछ र ? हो बा त्यो आउँछ
त्यो बिहानको सूर्यझैँ
उज्यालो छर्दै आउँछ ।
एउटा प्रमिथसको यात्रा तैपनि श्राप, सिफलिसको अभिसाप अभिमन्युको कस्तो नियति ? प्रश्नको पेटारो ।
यसै क्रममा सिंहको जीवनयात्रालाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ । आफै आफूभित्रको सङ्घर्षमय यात्रा, कहाँ बिसाउने हुन् बोकिरहेका जीवन ? आफैले आफूलाई अनि हिँडाइराखेका देश, जनता र समाजका लागि आफ्नो इमानदारीपूर्ण त्यो यात्रा । यात्रा त यात्रै हो । कति सफल हुन्छन्, कति असफल । सम्पूर्ण कुरा छोडेर उनी होमिए । एउटा आफ्नो आस्थामा, निष्ठामा र विश्वासमा त्यो यात्रा चलिरहेकै छ । मृत्युसँग जुधिरहे । सङ्घर्ष गरिरहे समाजसँग, परिस्थितिसँग आत्मसङ्घर्ष त छँदै थियो, पारिवारिक सङ्घर्ष पनि त्यसैबिचमा ब्युँझेका, उठेका, हिँडेका, भिँडेका यी मानवतावादी ।
लाग्छ, यिनको जीवनयात्रा ढुङ्गोबाट शालिग्राम भइसकेको छ । उनी नाट्यशालाको संसार बनाउन चाहँदैनन्, संसार बनाउन चाहन्छन् । आफूले सोचेकोजस्तो कहाँ हुन्छ र ? सुकराती यात्रा कति गाह्रो थियो । कृष्ण वा क्राइस्ट हुनका कठिन कुरा वासिङटन लिङ्कन र गान्धी हुनका कुरा । उनी ठान्छन्, “ढुङ्गाको काप फोरेर पनि पिपल उम्रन्छ । भन्छन् उजिल्याउनु ।
उठ्न छ गाह्रो, गिर्न छ सजिलो । त्यसैले कैयौँ कमजोरीको बिचमा यो ब्रह्माण्ड, यो पृथ्वी, यो नेपाली धरातलमा उनी उभिए । कति आँधीबेहरी खेपे । सक्नेजति गरे । आफूले सकेका र बुझेका जानेका इमानदारीपूर्ण प्रयास एक अर्थमा सारा विश्व आफ्नो भन्ने देश छोड्न नमान्ने, माटोको सपथ लिने एउटा देशभक्त विशुद्ध नेपाली नेपाली आत्मा ।
देख्छु, काँडाको बिचमा गुलाफलाई देख्छु । काँडाले घेरिएको गुलाफलाई तुलना गर्छु । गुलाफले काँडालाई के गर्छ ? काँडाले गुलाफलाई के गर्छ अनि मोहनविक्रम सिंह एक राजनेता, एक चिन्तक, एक लेखक, एक उपन्यासकार अनि म भन्छु –
के शृङ्गार गुलाफलाई कमलैलाई म धोऊँ किन ?
ऊ साद्गी, उही नम्र, उही झोला बोकेर हिँडने एक व्यक्ति मोहन अनि मनमनै गुन्छु, बुद्धको शून्यवाद र माक्र्स, एङ्गेल्स, लेनिनको सङ्घर्षमय पक्ष होची मिन्हको साद्गीपन ।
अन्त्यमा यति भन्छु– विद्याको, वयको, बुद्धिबलको, सौन्दर्यको, मानको–यी सबै कुरा बिर्सिएर केवल आफ्नो चरैवेतिको यात्रामा हिँडिरहेका मोहन विक्रम ।
चरैवेति, चरैवेति, चलो रे पथिक चलो ।
Phone: 9851065419
Email: drbandhu1@gmail.com