रौतहट । अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मी र राजमो केन्द्रीय सदस्य धर्मनन्द सुवेदीको विशेष उपस्थितिमा निर्वाचन प्रचारात्मक भेला सम्पन्न भएको छ ।
उक्त भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै रेग्मीले वर्तमान परिस्थितिमा राष्ट्रिय जनमोर्चा मात्रै एक वैकल्पिक शक्ति भएकाले यो कुरा जनतामा लैजानु पर्ने र आसन्न चुनावलाई उत्साहपूर्वक प्रयोग गर्ने आवश्यक रहेको बताउनु भयो ।
‘जेनजी आन्दोलनको नाउँमा देश जलाउनेहरू वैकिल्पक शक्ति हुन सक्दैनन्, आज आफुलाई वैकल्पिक भनेर जनतालाई झुक्याउन उनीहरू चुनावमा उत्रिएका छन् ।’ अध्यक्ष रेग्मीले भन्नु भयो– ‘उनीहरूले भ्रष्टाचारमुक्त, सुशासन र विकासशिल सरकार बनाउने भनेर जनतालाई भ्रम दिइरहेका छन् ।’ वास्तविकता उनीहरूको नेतृत्वमा रहेका व्यक्तिहरूले खेप्दै आइरहेको भ्रष्टाचार र सम्पत्ती सुद्धिकरणको समस्यालाई लुकाउन खोजिरहेको पनि रेग्मीले जिकिर गर्नुभयो ।
रास्वपाका नेता सहकारी ठगी, दोहोरो नागरिकता, एनजिओको संचालकहरू रहेका छन् । अमेरिकी साम्राज्यवादले नेपालमा यसप्रकारका भ्रष्ट, अराजक, एनजीओवादीहरूलाई एकत्रित गरेर नेपाललाई असफल राष्ट्र बनाउने र त्यही आडमा आफ्नो स्वार्थ पुरा गर्ने कोशिसमा रहेको रेग्मीले बताउनु भयो ।
हिंजो माघ १७ गते रौतहट जिल्लाको राजपुर नगरपालिकास्थित अकोलवा गाउँमा सम्पन्न भेलाले हरिकिशोर महतोको संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचलान समिति गठन गरिएको छ ।
जसमाः जमिल अख्तर हजाम, दीप गोले तामाङ, ममताज देवान, नेक महम्द, फुलमहम्द र समी उल्लाह सदस्य रहनुभएको छ ।