बागलुङबजार । बागलुङ क्षेत्र नं. १ का साझा वाम उम्मेदवार कृष्ण अधिकारीलाई विजयी गराउने चुनावी अभियानअन्तर्गत संयुक्त भेला सम्पन्न भएको छ ।
२०८२ माघ १७ गते शनिबार बागलुङ नगरपालिकास्तरीय सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा प्रमुख अतिथि तथा साझा वाम उम्मेदवार कृष्णप्रसाद अधिकारीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियोे ।
सो अवसरमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृष्ण केसी, बलावती शर्मा, क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तिलक थापा र सहसंयोजक कुमारविक्रम क्षेत्रीले मन्तव्य राख्नुभएको थियोे ।
भेलाले संयोजक निर्मल श्रेष्ठ र सहसंयोजक टेकबहादुर आरसी रहनुभएको १७ सचिवालय रहेको दुई सय २५ सदस्यीय नगरपालिका स्तरीय साझा वाम उम्मेदवार निर्वाचन परिचालन समिति चयन गरेको छ ।
एवम् प्रकारले संयोजक शिव ढुङगाना, सहसंयोजक प्रकाश पौडेल रहनुभएको युवा परिचालन समिति र धनमाया शर्मा संयोजक तथा मुमा शर्मा सहसंयोजक रहनुभएको महिला परिचालन समिति गठन गरेको छ ।
भेला बानपाका संयोजक निर्मल श्रेष्ठको अध्यक्षता, सहसंयोजक टेक हादुर आरसीको सञ्चालन र परिचालन समितिका सदस्य राजु खड्काको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियोे ।
