कपिलवस्तु, तौलिहवा । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले आफ्नो पार्टीले वर्तमान अवस्थामा प्रमुख लडाई सामन्तवाद र साम्राज्यवादसँगको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा सम्पन्न कपिलवस्तु क्षेत्र नं ३ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालीले पुनरुत्थानबादी शक्ति र साम्राज्यवादी शक्तिको चलखेल बढ््दा राष्ट्रियता र गणतन्त्र धरापमा परेको औँल्याउनु भयो । भेला माघ १६ गते शिवराज ३ मधवामा सम्पन्न भएको हो ।
भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा एवं साम्राज्यवाद बिरुद्ध संघर्षको नारालाई चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनु भयो ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नं ३ मा केर सिंह अदैलाई पार्टीले उम्मेद्वार बनाएको छ । चुनावलाई सफल पार्न राजमो नगर अध्यक्ष केहर सिंह पुनको संयोजकत्व मा एक सय ११ सदस्सीय प्रचार प्रसार समिति गठन गरेको छ । यसै गरी श्याम प्रकाश खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाकार तथा समानुपातिक उम्मेद्वार दधिराम आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, जातीय समता समाजका केन्द्रीय सदस्य राम बहादुर विक, समानुपातिक उम्मेदवार कर्मराज चौधरीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो शिवराज नगर समिति अपा अध्यक्ष मोहन विक र स्वागत मन्तव्य अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसी र सञ्चालन राजमो शिवराज नगर समिति सचिव श्याम खनालले गर्नु भएको थियो ।
भेलाले चन्द्रौटामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ ।
