• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दर्जनौँ नवप्रवेशीको प्रवेशसँगै कञ्चनपुरमा राजमोको चुनावी भेला


  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • भीमदत्तनगर । दर्जन नवप्रवेशीको प्रवेशसँगै कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८२ माघ १६ गते शुक्रबार शुक्लाफाटा–१२ कालागौडीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि भट्टको हातबाट राजमोको सदस्यता लिनेहरूमा राधा विष्ट, बिस्ना विष्ट, चन्द्रा विष्ट, सम्झना विष्ट, राजेन्द्र धानुक, कर्ण कार्की, महादेव कार्की, नैनसिंह कार्कीलगायत हुनुहुन्छ ।

    आजै सहिद दिवस परेकोमा कार्यक्रमको प्रारम्भमा सहिदको सम्मानमा दुई मिनट मौनधारण गरिएको थियो ।

    त्यसलगत्तै मन्तव्य राख्दै महासचिव भट्टले सत्तामा रहेका पुराना दलले काम नगरेको सत्य भए पनि नयाँ भनिएका शक्तिहरूसित राजनीतिक दृष्टिकोण नभएको बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले पुराना दलको विकल्प घण्टीपार्टी हुन नसक्ने बताउनुभयो ।

    यस सन्दर्भमा उहाँले नयाँ भनिएका पार्टीका नेतृत्व सत्तामा पुग्नुभन्दा पहिले नै गैरकानुनी काममा व्यस्त भएको तथ्य जगजाहेर रहेको स्पष्ट पार्नुभयो ।

    महासचिव भट्टले भन्नुभयो– ‘पुराना पार्टीको विकल्प घण्टीपार्टी होइन बरु राष्ट्रिय जनमोर्चा हो, जोसँग स्पष्ट राजनीतिक दृष्टिकोण र निष्कलङ्क नेतृत्व पनि ।’

    उहाँले मतदानको बेलामा जनताले सही पार्टी र उम्मेदवार चिन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमो सुदूरपश्चिम प्रदेश समितिका सदस्य जनक कुँवरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता राजमो कञ्चनपुरका जिल्ला सदस्य टुङ्गे बोहराले गर्नुभएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य अर्का जिल्ला सदस्य प्रमानन्द कडायतले राख्नुभएको थियो ।

    भेलाले रामबहादुर कार्कीको नेतृत्वमा ११ सदस्यीय निर्वाचन परिचालन मूल समिति, प्रमानन्द कडायतको नेतृत्वमा एक सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति र जनक कुँवरको नेतृत्वमा नौ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।

    त्यस्तै भेलाले कञ्चनपुरको क्षेत्र नं. १ का ३१ वडा, क्षेत्र नं. २ का ३१ वडा र क्षेत्र नं. ३ का ३० वडामा उम्मेदवारसहितको घरदैलो, भेटघाट, कोणसभा, मोटरसाइकल र्‍यालीको कार्यक्रम निश्चित गरिएको आयोजकले जानकारी दिएको छ ।

    कार्यक्रमअन्तर्गत भोलि शनिबार भीमदत्तनगरको मदनचोकमा कोणसभा सम्पन्न गरिने भएको छ । महासचिव मनोज भट्ट तथा उम्मेदवारको उपस्थितिमा सम्पन्न गरिने सो कार्यक्रमपूर्व मोटरसाइकिल र्‍याली सम्पन्न गरिने भएको छ ।

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.