भरतपुर । राष्ट्रिय जनमोर्चा चितवन निर्वाचन क्षेत्र न. ३ ले भरतपुर महानगरपालिका–२३ मा चुनाव प्रचारप्रसार सम्पर्क कार्यलय उद्घाटन गरेको छ ।
२०८२ माघ १४ गते बुधबार आयोजित एक औपचारिक कार्यक्रममाझ राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले कार्यालय उद्घाटन गर्नुभएको हो ।
लक्षुमन चालिसेको सञ्चालन तथा मोहराज चालिसेको अध्यक्षतामा कालिदास सुवेदीको स्वागत मन्तव्यपछि प्रमुख अतिथि क्षेत्रीले ब्यानर पढेर कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा चितवन क्षेत्र नं. ३ मा राजमोका प्रत्यक्ष उम्मेदवार कृष्णबहादुर केसीले अहिलेको लडाइँ भनेकै साम्राज्यवाद विरुद्ध रहेको उल्लेख गर्नुभयो ।
अमेरिकी साम्राज्यवादसँग लडाइँ गर्ने र त्यसको विरोध गर्ने हिम्मत राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) सँग मात्र रहेको दाबी गर्दै उहाँले सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारले राजमोको विचारलाई बलियो बनाउन गिलास चिह्नमा मतदान गर्न उहाँले आह्वान गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, राजमोका समानुपातिक उम्मेदवार बालकुमारी आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसी र भरतपुर–१८ का राजमो अध्यक्ष दलबहादुर केसीले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलामा गुणनिधि सुवेदीको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको थियो ।
