• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा इमानदार नेतृत्वको विकल्प बने जगत रेग्मी


  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित
  • काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जगत प्रसाद रेग्मीको उम्मेदवारीले स्थानीय राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ। सिद्धान्त, इमानदारी र जनउत्तरदायी नेतृत्वको प्रतीकका रूपमा परिचित रेग्मीलाई ‘गिलास’ चिन्हमा मतदान गर्न जनमोर्चाले मतदातासमक्ष आग्रह गरेको छ।

    Advertisement

    जगत प्रसाद रेग्मी नेपाली राजनीतिमा पुराना, बौद्धिक र संघर्षशील नेताका रूपमा चिनिन्छन्। उहाँको जन्म दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नम्बर ३ अन्तर्गत साविक मेहेलतोली गाविस वडा नम्बर ७ मा भएको हो। विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतना बोकेर सामाजिक रूपान्तरणको पक्षमा सक्रिय रेग्मी दैलेख जिल्लामा भएका विभिन्न जनआन्दोलनमा अग्रपंक्तिमा उभिएर नेतृत्व गर्ने नेताका रूपमा परिचित छन्। दैलेखमा भएको जनआन्दोलनमा उहाँले निर्वाह गरेको भूमिकाले उहाँलाई जनआन्दोलनको नेतृत्वदायी पात्रका रूपमा स्थापित गराएको स्थानीय बताउँछन्।

    राजनीतिमा लामो समय सक्रिय रहे पनि रेग्मी सत्ता र पदको लोभबाट सधैं टाढा रहँदै आएका छन्। उहाँले उत्पादन गरेका धेरै नेताहरू समयक्रममा सत्ता र पदको मोहमा परेर पार्टी छाड्दै अन्य दलमा प्रवेश गरे। ती नेताहरू वडा सदस्य, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र उपप्रमुख, प्रदेशसभा सदस्यदेखि केन्द्रिय सांसदसम्म पुगे। तर जगत प्रसाद रेग्मी भने सधैं जनताको बीचमै बसेर जनताको पक्षमा आवाज उठाइरहे। पद चाहिँदैन, जनताको सेवा नै मेरो राजनीति हो भन्ने सोच उहाँको व्यवहारमै देखिन्छ।
    हाल करिब दस वर्षदेखि रेग्मी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ भित्र पारिवारिक बसोबास गर्दै कृषि व्यवसायमा संलग्न छन्।

    काठमाडौंमा बसोबास गरे पनि उहाँले आफ्नो जन्मथलो दैलेख र काठमाडौं दुवै स्थानका जनसमस्यालाई समान रूपमा आत्मसात गर्दै आएका छन्। काठमाडौं ६ मा उहाँले सडक, खानेपानी, ढल व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा वडा, नगरपालिका हुँदै केन्द्रसम्म निरन्तर आवाज उठाउँदै आएका छन्।
    स्थानीयका अनुसार रेग्मीको बौद्धिक, इमानदार र प्रगतिशील विचारधाराबाट डराउने संकीर्ण सोच भएका केही समूहले उहाँलाई पटक–पटक घेराबन्दी गर्ने प्रयास गरे। तर ती सबै चुनौतीलाई चिर्दै उहाँ कहिल्यै विचलित नभई आफ्नो राजनीतिक यात्रामा अडिग रहनुभयो। राष्ट्रिय जनमोर्चाप्रतिको उहाँको प्रतिबद्धता र विचारधारामा अडान आज पनि उस्तै बलियो देखिन्छ।

    सामाजिक सेवामा पनि जगत प्रसाद रेग्मीको भूमिका उल्लेखनीय छ। दैलेख जिल्लाबाट काठमाडौं आएर उपचार, रोजगारी वा अन्य समस्यामा परेका व्यक्तिहरूलाई उहाँले सक्दो सहयोग गर्दै आउनुभएको छ। कोही बिरामी भएर अलपत्र परेको अवस्था होस् वा आर्थिक अभावका कारण समस्यामा परेको अवस्था, रेग्मीले दिनरात नभनी सहयोग गर्ने गरेको पीडितहरू बताउँछन्। रगतको अभाव भएर अपरेसन रोकिने अवस्था आयो भने रगत जुटाउन स्वयं खटिने उहाँको व्यवहारले धेरैको जीवन जोगिएको उदाहरण पनि छन्।
    स्थानीय बासिन्दाहरूका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा रेग्मीको जनाधार बलियो बन्दै गएको छ। विशेषगरी इमानदार, सिद्धान्तनिष्ठ र जनमुखी नेताको खोजीमा रहेका मतदाताहरू उहाँतर्फ आकर्षित भएको देखिन्छ। “उहाँ बोल्ने मात्रै होइन, काम गर्ने नेता हुनुहुन्छ,” एक स्थानीय मतदाता भन्छन्, “उहाँ जित्नुभयो भने यो क्षेत्रका जनताले वास्तविक परिवर्तन महसुस गर्नेछन्।”
    राजनीतिक रूपमा रेग्मी संघीयता खारेजीको स्पष्ट पक्षधर हुनुहुन्छ। यो उहाँको व्यक्तिगत चाहना मात्र नभई राष्ट्रिय जनमोर्चाको आधिकारिक धारणा पनि हो।

    उहाँका अनुसार वर्तमान संघीय संरचनाले राज्यको आर्थिक क्षमता भन्दा बढी भार सिर्जना गरेको छ। थरी–थरीका सरकार, बढ्दो प्रशासनिक खर्च र निरन्तर बढ्दो ऋणले जनताको टाउकोमा असह्य बोझ थपिएको उहाँको तर्क छ। नेताहरू भाषणमा सीमित हुँदा जनता भने महँगी, बेरोजगारी र असमानताबाट पिसिएको उहाँ बताउनुहुन्छ।
    यदि जगत प्रसाद रेग्मी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भए, त्यस क्षेत्रका जनताले इमानदार प्रतिनिधित्व र जनमुखी राजनीतिक अभ्यासको अनुभूति गर्ने स्थानीयको विश्वास छ। सत्ताको होइन, जनताको राजनीति गर्ने नेता संसदमा पुगे जनताको आवाज बलियो हुने अपेक्षा गरिएको छ।

    बुधबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.