सुनवल । २७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुनवलमा राष्ट्रिय जनमोर्चाको निर्वाचनकेन्द्रित भेला सम्पन्न भएको छ ।
२०८२ माघ १२ गते सोमबार राजमो नवलपरासीको आयोजनामा निर्वाचन क्षेत्र नं. २ को सुनवलमा सो भेला सम्पन्न भएको हो ।
भेलाका प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा हुनुहुन्थ्यो । ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा नवलपरासी क्षेत्र नं. २ बाट उम्मेदवार सम्झना पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) नवलपरासीका अध्यक्ष जितबहादुर पौडेल र राजमो नवलपरासीका सल्लाहकार उत्तमराज खरेलले पनि भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेलाले उत्तमराज खरेलको संयोजकत्वमा किसनबहादुर अधिकारी, शेरबहादुर सूर्यवंशी, शान्ति पौडेल, जितबहादुर पौडेल, रामनाथ पौडेल, विनोद गौतम, अनिता क्षेत्री, गिरीराज ज्ञवाली, टिकाराम पौडेल, ताराबहादुर विक, इन्दिरा रोका, लक्ष्मी राना, रेवती घिमिरे, नरेन्द्र विक, किसनबहादुर थापा, कुलबहादुर तारामी, यमबहादुर थापा, जङ्गबहादुर थापा, छायादेवी थापा, यमुना थापा, सीता अधिकारी, तिलबहादुर थापा, रिना क्षेत्री र कमला गौतमसहितको २७ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
त्यस्तै, भेलाले पाँच सदस्यीय निर्वाचन परिचालन तथा आर्थिक समिति पनि गठन गरेको छ ।
भेला राजमो नवलपरासीका सदस्य शेरबहादुर सूर्यवंशीको अध्यक्षता तथा किसनबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

{“capture_mode”:”AutoModule”,”faces”:[]}

{“capture_mode”:”AutoModule”,”faces”:[]}