• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अमेरिकन “डाइनोसर डिप्लोमेसी” ले संसारभर हाहाकार, संयुक्त राष्ट्र संघ मरणासन्न


  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • – डिल्ली अम्माई

    Advertisement

    अमेरिकी साम्राज्यवाद विरुद्ध विश्वभरका देशभक्तहरू एकजुट हुनुको विकल्प छैन ।
    “म बाघको बच्चा डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ।”

    —मिल्न आउ भन्ने अंग्रेजको पत्रको जवाफमा देशभक्त कमान्डर अमर सिंह थापा ॅयी सिनो खानेहरू कहाँबाट आए आजकल ? के यिनै हुन् त हाम्रा सन्तान ? हामीले यही सिंह–ओढारमा बसेर नेपाललाई पूर्वको टिष्टा नदीदेखि पश्चिमको सतलज नदीसम्म साँध लगाएका थियौँ । अंग्रेजको छल र बलका कारण मेची–कालीमा खुम्चिएको हाम्रो मातृभूमिको रक्षा कसले गर्छ ?’

    यो प्रश्न अहिलेको पुस्तातर्फ लक्षित छ, तर उत्तर दिने मानिसहरूको अनिकाल परेको छ ।

    साम्राज्यवाद र नेपालको ऐतिहासिक प्रतिरोध :

    जब बेलायती साम्राज्यवादी हस्तक्षेपले कमजोर राष्ट्रहरू ध्वस्त पार्दै थियो, त्यही समयमा जस–जस देशले सशक्त प्रतिरोध गर्न सके, ती देशहरू ब्रिटिश सीमामा गाभिनबाट जोगिए । गोर्खाका राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानले नेपाललाई इष्ट इण्डिया कम्पनीको निगलबाट जोगायो मात्र होइन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण पनि गर्‍यो । यहीँबाट नेपालमा राज्यप्रति उत्तरदायी देशभक्त चेतनाको विकास भयो ।

    आज फेरि नेपाल अघोषित संकटमा छ । साम्राज्यवादी शिक्षा प्रणाली र नरम शक्ति (दाम, दण्ड र प्रलोभन) प्रयोग गरेर इतिहास, स्मृति–स्तम्भ र सार्वभौमिकताका प्रमाणहरू मेट्ने प्रयास भइरहेको छ । सिलिकन भ्याली केन्द्रित सूचना साम्राज्यवादले अल्पविकसित देशका संवेदनशील सुचनाहरू ध्वस्त पारिरहेको छ । पश्चिम प्रायोजित ॅगुलाबी क्रान्ति’लाई मुक्ति आन्दोलनका रूपमा प्रस्तुत गरिँदैछ, जुन विश्वका न्यायप्रेमी नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

    भदौ २४ पछिको नेपाल : सूचनात्मक उपनिवेशीकरण

    भदौ २४ पछि नेपाली मूलका विदेशी एजेन्टहरूद्वारा नेपालको सार्वभौम अधिकार अमेरिकी हितमा सुम्पने प्रयास तीव्र भएको देखिन्छ । सरकारका अधिकांश संरचना अमेरिकी प्रभावमा रहेको आरोप विदेशी मिडियाहरूले उठाएका छन् ।

    अमेरिकी अनुसन्धान पत्रिका The Grayzone तथा Sunday Guardian ले सार्वजनिक गरेको विवरणअनुसार, National Endowment for Democracy (NED) द्वारा वित्तपोषित International Republican Institute (IRI) ले नेपालमा करिब ३ लाख ५० हजार अमेरिकी डलर ‘राजनीतिक परिवर्तन’ को नाममा खर्च गरेको देखिन्छ। यसमार्फत युवा, पत्रकार, नागरिक अगुवा र नेताहरूलाई भारत–चीनको प्रभाव कम गर्ने तथा अमेरिकी प्राथमिकतासँग मेल खाने शासन सुधारमा तालिम दिइएको उल्लेख छ।

    नेपाली समाज आज आफ्‌नै विश्लेषण क्षमताभन्दा सामाजिक सञ्जालका फेक लाइक र कमेन्टमा भरोसा गर्न थालेको छ। इतिहास, बलिदान र राज्य निर्माणको चेतना हराउँदै गएको छ। यहीँबाट देशभक्तिको पुनर्जागरण अनिवार्य बन्छ।

    पृथ्वीनारायण शाह : साम्राज्यवादविरुद्धका प्रथम कमान्डर

    १८औँ शताब्दीमा पृथ्वीनारायण शाहले एकीकृत स्थल तथा छापामार युद्धमार्फत इष्ट इण्डिया कम्पनीलाई रोक्न नसकेको भए, नेपाल मात्र होइन, तिब्बत र चीनसमेत ब्रिटिश पोल्टोमा पर्ने सम्भावना प्रबल थियो। चीन अफिम युद्धले कमजोर भइसकेको र तिब्बत शान्तिवादी धर्ममा अत्यधिक लिप्त अवस्थामा थियो ।

    यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरण दुई दशक ढिलो गरेका भए, आजको नेपाल र तिब्बतको नक्सा भारतभित्र हुन्थ्यो । आत्मसमर्पण वा शक्ति केन्द्रीकरण—यी दुई विकल्पमध्ये उनले प्रतिरोध रोजे । यही कारण आज नेपाल जीवित छ ।

    अफिम युद्ध र बेलायती अमानवीयता :

    चीनमा गरिएको अफिम व्यापारले बेलायती साम्राज्यवादको अमानवीय चरित्र स्पष्ट देखाउँछ। १८४०–४२ को पहिलो अफिम युद्धमा २०–२५ हजार चिनियाँ मारिए, जबकि ब्रिटिश पक्षबाट केवल ६९ जनाको मृत्यु भयो। नान्किङको असमान सन्धिले चीनलाई घुँडा टेकायो।

    यी सबै घटनाले पृथ्वीनारायण शाहलाई साम्राज्यवादका रणनीति बुझ्न मद्दत गर्‍यो, जसको प्रतिरोध उनले नेपालमा सशक्त रूपमा गरे।

    छापामार युद्ध र किनलकको पराजयः

    कप्तान किनलकको नेतृत्वमा आएको २४०० जनाको फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले छापामार शैलीमा परास्त गर्‍यो। करिब १६०० सैनिक मारिए। यो भारतीय उपमहाद्वीपमा ब्रिटिशहरूको पहिलो ठूलो पराजय थियो। यही हारले अंग्रेज विद्वानहरूलाई पृथ्वीनारायण शाहप्रति आजसम्म पूर्वाग्रही बनाएको छ।

    पादरी जासुसहरूको निष्कासनः

    नेपाल एकीकरणका क्रममा केपुचिन पादरीहरूले इस्ट इण्डिया कम्पनीसँग मिलेर षड्यन्त्र गरेको आशंकामा पृथ्वीनारायण शाहले ५७ जना पादरी र उनका नेपाली शिष्यहरूलाई देशनिकाला गरे। यही कारण चर्च संस्थान आजसम्म पृथ्वीनारायण र उनका उत्तराधिकारीविरुद्ध वैचारिक आक्रमणमा छ।

    बहादुर शाह र बिसे नगर्ची : भुलिएका नायक

    पृथ्वीनारायण शाहपछि बहादुर शाहले साम्राज्यवादविरुद्ध संघर्षलाई निरन्तरता दिए। उनको मृत्युलाई लिएर इतिहासमा गम्भीर प्रश्न छन्।

    त्यस्तै, बिसे नगर्ची—दलित समुदायबाट आएका एक असाधारण योजनाविद्—ले घरधुरीबाट एक–एक रुपैयाँ संकलन गर्ने सुझाव दिएर एकीकरण अभियानको आर्थिक आधार तयार गरे। बिसे, मणिराम गाइने, बानादार दमाई, कालु सार्की लगायत दलित समुदाय गोरखाली सेनाका अभिन्न अंग थिए।

    निष्कर्षः
    नेपाल साम्राज्यवादविरुद्धको प्रतिरोध संघर्षबाट जन्मिएको राष्ट्र हो। पृथ्वीनारायण शाह, बहादुर शाह, अमर सिंह थापा, भक्ति थापा, बलभद्र कुँवर लगायतका नायकहरूको रणकौशल आज पनि सान्दर्भिक छ।

    आज पश्चिमी नरम शक्ति र सूचना साम्राज्यवादको लेखोटमा आँखा चिम्लेर विश्वास गर्नु आत्मघाती हुनेछ। नेपालको इतिहासलाई त्यही समयको चेतन परिवेशबाट गम्भीर अध्ययन गर्नु आवश्यक छ। अन्यथा, आधुनिक राष्ट्रिय मुक्ति संघर्षको घडीमा साम्राज्यवादी कारिन्दाहरूलाई पृथ्वीनारायणले जासुस पादरीहरूलाई निकालेझैँ निष्कासन गर्नुको विकल्प रहने छैन।

    संसारमा बाँचेका सबै राष्ट्रहरू प्रतिरोध संघर्षकै उपज हुन्।

    प्रतिरोधबाट विमुख राष्ट्रहरूको अन्त्य निश्चित हुन्छ।

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.