• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रियताको पक्षमा वामपन्थी ऐक्यबद्धता नेपाली राजनीतिको सकारात्मक पक्ष : सिंह


  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विभिन्न मतभेदका बाबजुद राष्ट्रियताको पक्षमा वामपन्थी एकता कायम हुनु नेपाली राजनीतिको सकारात्मक पक्ष रहेको धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    पाँच वामपन्थी दलद्वारा २०८२ माघ ११ गते आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण कक्षमा आयोजित अन्तरसंवाद कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘राष्ट्रियताको पक्षमा नेपालमा वामपन्थी दलहरू एक ठाउँमा हुन्छन् । यो नेपाली राजनीतिको सकारात्मक पक्ष हो’ उहाँले भन्नुभयो ।

    आपसमा विभिन्न मतभेद हुनुका बाबजुद राष्ट्रियताको पक्षमा सहकार्य गर्नु लेनिन, स्टालिन र माओको संयुक्त मोर्चासम्बन्धी अभ्यास भएको उहाँले बताउनुभयो ।

    ‘हामीमाझ विभिन्न मतभेद छन् । तिनीहरूका लागि बेलाबेलामा हामीमाझ छलफल चलिरहन्छ’ उहाँले भन्नुभयो– ‘ती मतभेदका बाबजुद राष्ट्रियता रक्षाको सवालमा हामी एक ठाउँमा हुने गरेका छौँ । यो लेनिन, स्टालिन, माओले अपनाउने गरेको संयुक्त मोर्चाको सिद्धान्तअनुरूप छ ।’

    महामन्त्री सिंहले अमेरिकी साम्राज्यवादका कारणले विश्वशान्तिमा गम्भीर आघात पुगेको र त्यसले गर्दा तेस्रो विश्वयुद्धको सम्भावना नजिकिँदै गइरहेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अमेरिकी राष्ट्रपति ट्रम्पका कारणले संसार तेस्रो विश्वयुद्धतर्फ गइरहेको छ । यो पनि निश्चित छ, अबको विश्वयुद्ध आणविक प्रकृतिको हुनेछ । त्यसको फलस्वरूप मानव समाज नै समाप्त हुन सक्नेछ ।’

    नेपालमा चीन विरुद्ध दलाई लामालाई समर्थन गर्दैै अमेरिकी हस्तक्षेप अगाडि बढेको उहाँको धारणा थियो ।

    सिंहले भन्नुभयो– ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि अमेरिकी साम्राज्यवादको विरुद्ध लड्नु आवश्यक छ ।’

    भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेप विशुद्ध राष्ट्रिय घटना नभएको स्पष्ट पार्दै उहाँले त्यसबाट नेपालले पनि गम्भीर पाठ सिक्नुपर्ने उहाँको थप धारणा थियो ।

    ‘अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेर अमेरिका पुर्‍याउने घटना त्यो देशको मात्रै होइन’ उहाँले भन्नुभयो– ‘यो विश्वभरिका उत्पीडित देश, जनता र विश्वशान्तिको लागि खतरा हो ।’

    उहाँले अहिले संसारभरि नै अमेरिकी साम्राज्यवादको विरोधमा आवाज उठिरहेकोमा यस्तो विरोधले साम्राज्यवादलाई रोक्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    महामन्त्री सिंहले यस खालका कार्यक्रमको अन्तर्राष्ट्रिय महत्त्व रहेकोसमेत बताउनुभयो ।

    नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोखरेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कावा अध्यक्ष रश्मिराज नेपाली, राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, नेकपा (माले) का महासचिव सी.पी. मैनाली र परराष्ट्रविद हिरण्यलाल श्रेष्ठको विचार राख्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा लोककृष्ण भट्टराई, महेश मास्के, टङ्क कार्की, बलराम बासकोटा, सीताराम तामाङ, विष्णुपुकार श्रेष्ठ, प्रेमलकुमार खनाल, राजुला जोशी, पुष्कर गौतम, सावित्रा गौतम, खगेन्द्र सिटौला, खेम कोइराला, युवराज पन्थी, नहेन्द्र खड्कालगायतले पनि विचार व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा दुर्गालाल अधिकारीले साम्राज्यवाद विरोधी गीत गाउनुभएको थियो ।

    भेनेजयुलाको सार्वभौमिकतामाथि अमेरिक हस्तक्षेप विरुद्ध अन्तरसंवाद भनिएको सो कार्यक्रमको आयोजना नेकपा (मसाल), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माले), नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चाले गरेका थिए ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.