लोकेन्द्र पौडेल (दक्षिण भारत)
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा संचालित चेन्नई पुर्व नगर समितिका सदस्य सुरेश परियारका बुबा मित्रलाल परियारको निधन भएको छ ।
उहाँ मूल प्रवाह चेन्नई पुर्व नगर समितिका पुर्व सदस्य तथा प्युठान जिल्ला स्वर्गद्वारी नगरपालीका वडानं ७ तापा निवासी हुनुहुन्थ्यो । ७२ वर्षका मित्रलाल परियारको उपचारका क्रममा मृत्यु भएको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष गोपाल वि.क., दक्षिण भारत क्षेत्रीय सदस्य कोटी प्रसाद पोख्रेल, दक्षिण भारत क्षेत्रीय सदस्य नेत्रलाल शर्मा लगाएतका नेता कार्यकर्ताहरू जिएच अस्पताल पुगी प्रशासनिक प्रक्रिया पुरा गरेका थिए ।
परियारको पार्थिव शव चेन्नईको कृष्णपेटस्थित समसानघाटमा मृतकका छोरा सुरेश परियार, महेन्द्र परियार र नाति विशाल परियार आफन्तजन लगायत कम्पनीका स्टापहरू एवं मूल प्रवाहका नेता कार्यकर्ताहरूको उपस्थितिमा दाहासंस्कार गरिएको छ ।

