• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रवासबाट शुभकामना सन्देश


  •   बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
  • राम चौधरी

    Advertisement

    निर्वाचन क्षेत्र दाङ–१ का सम्पूर्ण सचेत नागरिकहरू, किसान, मजदुर, श्रमिक, युवा, बुद्धिजीवी तथा परिवर्तनका पक्षधर आम जनसमुदायलाई प्रवासको माटोबाट हार्दिक शुभकामना र क्रान्तिकारी अभिवादन ।

    म आज यो सन्देश कुनै व्यक्तिगत स्वार्थ, पद वा पहुँचको आकांक्षाबाट होइन, विदेशी भूमिमा पसिना बगाउँदै जीवन निर्वाह गरिरहेको एक साधारण प्रवासी श्रमिकको हैसियतबाट लेख्दैछु ।

    सुरुमा मलाई राजनीतिप्रति कुनै चासो थिएन, तर जब आफ्नो परिवार र भविष्यको चिन्ताले प्रदेश लाग्न बाध्य भएँ, त्यहीँ मैले श्रमिक जीवनको वास्तविकता नजिकबाट भोगेँ । लामो कामको समय, असुरक्षित अवस्था, अपमान र अन्याय र समस्या पर्दा कसैले नसुन्ने पीडा । यी सबै अनुभवहरूले मलाई बुझाए—गरिब र श्रमिकको समस्या एक्लैले समाधान हुँदैन । संगठन, विचार र सिद्धान्तमा आधारित राजनीति अत्यावश्यक हुन्छ ।

    प्रवासमा श्रमिकहरूको हक–अधिकारका लागि संगठनमा आबद्ध हुँदै जाँदा मैले राजनीति बुझ्न थालेँ । त्यसपछि स्पष्ट भयो— राजनीति सत्ता र कुर्सीको खेल होइन, यो त गरिब, किसान, मजदुर र मेहनतकश वर्गको पक्षमा उभिने निरन्तर संघर्षको नाम हो ।

    यही संघर्षको स्पष्ट विचार र सैद्धान्तिक धरातल बोकेको पार्टी हो राष्ट्रिय जनमोर्चा । यो पार्टीले सम्झौतावादी र अवसरवादी राजनीतिबाट टाढा रहे राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र श्रमिक–किसानको अधिकारका लागि निरन्तर रूपमा संघर्ष गर्दै आएको छ ।

    निर्वाचन क्षेत्र दाङ–१ मा राष्ट्रिय जनमोर्चाका उमेदवार गणेश आचार्य यही सिद्धान्तनिष्ठ राजनीतिका प्रतिनिधि हुनुहुन्छ । उहाँ कुनै सत्ताको लोभमा राजनीति गर्ने नेता होइन, जनताको दुःख–सुखसँग जोडिएको, इमान्दार, स्पष्ट विचार बोकेको र जनताको पक्षमा अडान लिने नेता हुनुहुन्छ ।

    माक्र्सले भनेका छन्– ‘श्रम गर्ने वर्ग आफैँ आफ्नो मुक्तिको कर्ता हो ।’ आज दाङ–१ का किसान, मजदुर र श्रमिक जनताले आफ्नै वर्गको पक्षमा उभिने प्रतिनिधि रोज्ने अवसर पाएका छन् । गणेश आचार्यलाई विजयी गराउनु भनेको संसदमा श्रमिक–किसानको आवाज, भ्रष्टाचार विरुद्धको निर्भिक स्वर र सैद्धान्तिक राजनीतिलाई प्रवेश गराउनु हो ।

    यो निर्वाचन केवल व्यक्ति जिताउने प्रक्रिया होइन । यो शोषण, अन्याय, भ्रष्टाचार र जनविरोधी नीतिविरुद्ध सिद्धान्तनिष्ठ राजनीतिलाई जिताउने ऐतिहासिक संघर्ष हो । प्रवासमा रहेका हामी नेपालीहरूले देशको अर्थतन्त्र धानेका छौँ । हाम्रो पसिनाले देश चलेको छ ।

    त्यसैले देशको राजनीति कसको हातमा जाने भन्ने सवालमा हामी मौन बस्न सक्दैनौँ । हामी चाहन्छौँ, राष्ट्रियतामा अडिग, भ्रष्टाचारविरुद्ध कठोर र गरिब, किसान र श्रमिकको पक्षमा नझुक्ने राजनीतिका लागि राष्ट्रिय जनमोर्चाको उमेदवार गणेश आचार्य सबैभन्दा भरोसायोग्य निर्विकल्प हुन् ।

    दाङ–१ का जनताले यसपटक राष्ट्रिय जनमोर्चाका उमेदवार गणेश आचार्यलाई मतदान गरेर विचार जिताउने, सिद्धान्त जिताउने र जनताको पक्षको राजनीतिलाई बलियो बनाउनु हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । एकता बिना शक्ति हुँदैन, संगठन बिना संघर्ष सफल हुँदैन र सिद्धान्त बिना राजनीति दिशाहीन हुन्छ।

    यही विश्वासका साथ निर्वाचन क्षेत्र दाङ–१ मा राष्ट्रिय जनमोर्चाका उमेदवार गणेश आचार्यको शानदार विजयको कामना गर्दै सम्पूर्ण दाङ– १ वासीहरूलाई हार्दिक चुनावी शुभकामना ।

    बिहिबार, माघ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.