ललितपुर । ललितपुरमा राष्ठ्रिय जनमोर्चाका निलगोविन्द महर्जनसहित ७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. ३ बाट राजमोसहित ७४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर क्षेत्र नं १ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उदय शमशेर राणा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिष्ट पार्टीबाट सुनिल महर्जनलगायतका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाका निलगोविन्द महर्जन, रास्वपाकी तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर क्षेत्र नं २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल सहित नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ ।

