सल्यान । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा सल्यानले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएको छ । पार्टीका तर्फबाट शारदा नगरपालिका–१२ निवासी कमला डागीले उम्मेदवारी दर्ता गराएकी छन् ।
Advertisement
कमला डागी राष्ट्रिय जनमोर्चाकी एक जुझारु, प्रतिबद्ध र सिद्धान्तनिष्ठ महिला कामरेडका रूपमा चिनिन्छन् । पार्टीको नीति, सिद्धान्त र जनमुखी राजनीतिको अभ्यासमा निरन्तर सक्रिय रहँदै आएकी उनलाई ॅरेड जेनेरेसन’ की प्रतिनिधि नेतृका रूपमा लिइन्छ ।