बुटवल । रक्तिम सांस्कृति अभियान रुपन्देहीको विस्तारित भेला सम्पन्न भएको छ । भेला यहि माघ ३ गते सम्पन्न भएको हो ।
भेलामा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै किसान नेता चन्द्र बहादुर केसी, गणेश गौतम, भिमलाल न्यौँपाने, कम्युनिस्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, उद्योग बाणिज्य संघका ढुंडीराज शर्मा लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
भेलालाई प्रमुख अतिथि थापाले सम्बोधन गर्नुभएको थियो । जनवादी कलाकारहरू र वर्तमान राजनीतिक परिवेशको बारेमा थापाले प्रकाश पार्नुभएको थियो ।
भेलाले यही माघ २४ गते जिल्ला भेला गर्नेगरि दिलिप रसालीको संयोजकत्वमा १३ सदस्यीय भेला आयोजक समिति निर्माण गरेको छ । जसमाः मिना बुढाथोकी, सचित्र केसी, रिता पुन, कमला केसी, क्षितिजा राहाडी, तेजेन्द्र थापा, सिता बस्याल, समिर विक, पुजा थापा, मिरा बस्याल, दिपा रसाली, मनिषा बुढा रहेका छन् ।
