• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मादुरोको अपहरणको विरुद्धमा नेपालका पाँच कम्युनिस्ट पार्टीहरूद्वारा संयुक्त प्रेस वक्तव्य जारी


  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको आक्रमण र राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरणको विरुद्धमा नेपालका पाँच कम्युनिस्ट पार्टीहरूले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

    Advertisement

    मंगलबार माघ ६ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोख्रेल, नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सिपि मैनाली, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का पोलिटब्युरो सदस्य दामोदर अर्याल र राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले संयुक्त वक्तव्य जारीगरि उपर्युक्त विषयमा विरोध जनाएका हुन् ।

    बोलिभारियन गणतन्त्र भेनेजुएलाको सरकार र साहसी जनतासँग दृढ अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्दै असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय प्रगतिशील, लोकतन्त्रवादी, समाजवादी, साम्राज्यवादविरोधी शक्तिहरू, विश्वभरका श्रमिक, किसान, युवा र बौद्धिक समुदायलाई अमेरिकी हस्तक्षेप, सार्वभौम राष्ट्र भेनेजुएलाका राष्ट्रप्रमुखको अपहरण र युद्धको धम्कीविरुद्ध संघर्ष, ऐक्यवद्धता र सामूहिक तथा कूटनीतिक पहल गर्न वक्तव्य मार्फत आह्वान गरिएको छ ।

    संयुक्त वक्तव्यमा लेखिएको छ :

    भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको आक्रमण र राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरणको विरुद्धमा जारी

    संयुक्त प्रेस वक्तव्य

    नेपालका हामी तपसिलका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले संयुक्त रूपमा अमेरिकी साम्राज्यवादद्वारा २०२६ जनवरी ३ तारिखमा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि गरिएको सैन्य आक्रमण तथा संवैधानिक रूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोस तथा प्रथम महिला एवम् बोलिभारियन नेतु सिलिया फ्‌लोरेसको अपहरण गरी अमेरिका लैजाने कार्य संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुनहरू, राष्ट्रहरूको आत्मनिर्णय र जनताको सार्वभौमसत्तामाथिको नग्न आक्रमण भएकाले सोको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ।

    हामी अमेरिकी ट्रम्प प्रशासनद्वारा भेनेजुएला मात्र होइन, अन्य सार्वभौम राष्ट्रहरूमाथि समेत सैन्य आक्रमण गर्न दिएका धम्कीहरूको कडा विरोध गर्दै यस्ता सैन्य आक्रमण र धम्की विश्व शान्ति, बहुपक्षीय कुटनीति र अन्तर्राष्ट्रिय सहअस्तित्वको आधारलाई कमजोर पार्ने र औपनिवेशिककालको झल्को दिने दादागिरीलाई वैधता दिने दुष्प्रयास हो ।

    भेनेजुएला कुनै एक्लो वा अलग्गै परेको देश होइन। यो असंलग्न आन्दोलनको एक क्रियाशील, सम्मानित र महत्वपूर्ण सदस्य राष्ट्र हो, जसले अधिनायकवाद, सैन्य गठबन्धन र प्रभुत्ववादी हस्तक्षेपविरुद्ध ऐतिहासिक रूपमा आवाज उठाउँदै आएको छ। यो आक्रमण केवल भेनेजुएलामाथिको आक्रमण नभई सम्पूर्ण असंलग्न आन्दोलन, बहुध्रुवीय विश्वव्यवस्था, सार्वभौम राष्ट्र र स्वतन्त्र विदेश नीतिमाथिको आक्रमण हो।

    बोलिभारियन आन्दोलन श्रमिक, किसान, आदिवासी, महिला, युवा र उत्पीडित वर्गहरूको संघर्षबाट जन्मिएको जनमुखी र समाजवादोन्मुख कार्यक्रम हो। भेनेजुएलामाथिको आक्रमण लागुऔषध व्यापार, हातहतियार, आतंकवाद वा अन्य कारण नभई खनिज पदार्थलगायतका प्राकृतिक स्रोतहरूमाथि कब्जा गर्ने षडयन्त्र भएको कुरा जगजाहेर छ । यही कारणले लामो समयदेखि अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूले आर्थिक नाकाबन्दी, एकपक्षीय दमनकारी प्रतिबन्ध, राजनीतिक अस्थिरता, असफल ॅकू’को प्रयत्न र विभिन्न षड्यन्त्रहरू गर्दै अन्ततः खुला सैन्य आक्रमण तथा अपहरणजस्ता ज्यादतिहरू अपनाउँदै आएका छन्। यी कार्यहरू अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन मात्र होइन, मानव सभ्यतामाथिका चुनौती पनि हुन् ।

    यस सन्दर्भमा हामी दृढतापूर्वक निम्न मागहरू स्पष्ट रूपमा अगाडि राख्दछौँ :

    १. राष्ट्रपति निकोलस मादुरो मोरोस र उहाँकी जीवनसंगिनी तथा बोलिभारियन नेतृ सिलियाव फ्‌लोरेसमाथि लगाइएका लागुऔषध व्यापार, हातहतियार खरखजाना र आतंकवादको संरक्षणजस्ता निराधार आरोपहरू खारेज गरी उहाँहरूलाई तुरुन्त बिना सर्त र सुरक्षित रूपमा रिहा गरियोस् ।

    २. भेनेजुएलाको संवैधानिक सरकार तथा राष्ट्रिय सार्वभौमसत्ताको पूर्ण सम्मान गरियोस् ।

    ३. भेनेजुएलाविरुद्ध जारी सबै प्रकारका अमेरिकी सैन्य आक्रमण, राजनीतिक हस्तक्षेप र आर्थिक नाकाबन्दी तत्काल अन्त्य गरियोस् ।

    ४. भेनेजुएलाका जनतामाथि अमेरिकी ट्रम्प प्रशासनद्वारा थोपरिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध खारेज गरी जनताको आत्मनिर्णय, स्वतन्त्र विकास र व्यापारको अधिकार सुनिश्चित गरियोस् ।

    हामी बोलिभारियन गणतन्त्र भेनेजुएलाको सरकार र साहसी जनतासँग दृढ अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्दै असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय प्रगतिशील, लोकतन्त्रवादी, समाजवादी, साम्राज्यवादविरोधी शक्तिहरू, विश्वभरका श्रमिक, किसान, युवा र बौद्धिक समुदायलाई अमेरिकी हस्तक्षेप, सार्वभौम राष्ट्र भेनेजुएलाका राष्ट्रप्रमुखको अपहरण र युद्धको धम्कीविरुद्ध संघर्ष, ऐक्यवद्धता र सामूहिक तथा कूटनीतिक पहल गर्न आह्वान गर्दछौँ। शान्ति, सार्वभौमसत्ता र समाजवादी विकल्पको रक्षा आज सम्पूर्ण मानवताको साझा जिम्मेवारी बनेको छ।

    साम्राज्यवादी युद्ध र धम्की बन्द गर ।

    भेनेजुएलाको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको पूर्ण सम्मान गर ।

    असंलग्न आन्दोलनको स्वतन्त्रता र गरिमा जोगाऔँ ।

    बोलिभारियन आन्दोलनसँग अन्तर्राष्ट्रिय एकता जिन्दावाद ।

    मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.