कल्पना पौडेल ’जिज्ञासु’
गिलासमा सत्य
नाराहरू उडिरहे
कागजका पतंगझैँ,
रङ्गीचङ्गी, चम्किला,
तर डोरी काटिएपछि
सबै आकाशमै हराए।
कसैले भन्यो
सिङ्गापुर बनाउँछु,
कसैले जापान,
तर देश उभियो
बेरोजगार हात र रित्तो भाँडोबीच
भोकै रात काट्दै।
कसैले नयाँ नेपालको नक्सा कोर्यो,
स्विट्जरल्यान्डको सपना सुनायो,
जातको नाममा नदी बाँड्न खोज्यो,
तर त्यो नक्सा
रगतले भिजेको कागज बन्यो,
सपना
जनताको निद्रै हराउने दुःस्वप्न।
कसैले भने
युवालाई अमेरिका पठाउँछु,
न्यायको ढोका खोल्छु,
भ्रष्टाचार शून्य बनाउँछु,
तर फर्किए
युवाहरू ताबूत बनेर,
न्याय फाइलभित्र थुनियो,
र शून्य भनेको
ईमानदारी मात्र रहेछ।
कसैले सुखी नेपालीको गीत गाए,
अब कसैले रुनु पर्दैन भने,
तर देश रोइरह्यो
तुईन झुन्ड्याएर,
घुसको डोरीले बाँधिएर,
बतास, ओम्नी र यतिका
छायाँमा थिचिएर।
कसैले प्रजातन्त्रको माला जप्यो,
विकासको बत्ती बाल्यो,
तर त्यो बत्ती
शरणार्थीको आँसुमा निभ्यो,
र माला
ठगीको गलामा झुन्डियो।
तर भीडको हल्लाभन्दा टाढा,
एक स्वर थियो
चर्को होइन,
सत्यले भरिएको।
भन्यो
संघीयताको भारी
यो माटोले थेग्दैन,
यो देश कर्जाको थाप्लोमा
घुँडा टेक्दैछ।
भन्यो
राजनीति अपराधीको हातमा पुग्यो भने
समाज विस्फोट हुन्छ,
र त्यो आगो
कसैले निभाउन सक्दैन।
भन्यो
भ्रष्टाचार, महँगी, बेरोजगारी
राष्ट्रिय रोग बनेका छन्,
यदि उपचार भएन भने
गणतन्त्र नै
बदनाम हुनेछ।
भन्यो
विदेशी सम्झौताका सुनौला आवरणभित्र
राष्ट्रघात लुकेको छ,
ःऋऋ को छायाँमा
भूराजनीतिक चक्रव्यूह छ।
आज परिणाम उभिएको छ
ती शब्दका अगाडि,
३० खर्ब ऋणको पहाड,
१५ खर्ब व्यापार घाटाको खाल्डो,
र खाली विकासको सडक।
भदौका दिनहरू
कुनै आकस्मिक आँधी थिएनन्,
ती चेतावनी नमान्दाको
अनिवार्य परिणाम थिए।
अब मत
कागजी सपना होइन,
रङ्गीन भाषण होइन,
अब मत भनेको
सत्य रोज्ने आँट हो।
त्यसैले
नारा होइन,
नक्सा होइन,
नाटक होइन,
अब गिलासमा दिनुपर्छ
त्यो हातलाई
जसले हिजै सत्य देख्यो,
आज पनि उही बोल्छ,
र भोलि पनि
देशकै पक्षमा उभिन्छ।
राष्ट्र र राष्ट्रियताको पक्षमा
गिलासमा सत्य हालौँ।
गिलासमा
राष्ट्रिय जनमोर्चा।