• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कविता : गिलासमा सत्य


  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
  • कल्पना पौडेल ’जिज्ञासु’

    Advertisement

    गिलासमा सत्य
    नाराहरू उडिरहे
    कागजका पतंगझैँ,
    रङ्गीचङ्गी, चम्किला,
    तर डोरी काटिएपछि
    सबै आकाशमै हराए।
    कसैले भन्यो
    सिङ्गापुर बनाउँछु,
    कसैले जापान,
    तर देश उभियो
    बेरोजगार हात र रित्तो भाँडोबीच
    भोकै रात काट्दै।
    कसैले नयाँ नेपालको नक्सा कोर्‍यो,
    स्विट्जरल्यान्डको सपना सुनायो,
    जातको नाममा नदी बाँड्न खोज्यो,
    तर त्यो नक्सा
    रगतले भिजेको कागज बन्यो,
    सपना
    जनताको निद्रै हराउने दुःस्वप्न।
    कसैले भने
    युवालाई अमेरिका पठाउँछु,
    न्यायको ढोका खोल्छु,
    भ्रष्टाचार शून्य बनाउँछु,
    तर फर्किए
    युवाहरू ताबूत बनेर,
    न्याय फाइलभित्र थुनियो,
    र शून्य भनेको
    ईमानदारी मात्र रहेछ।
    कसैले सुखी नेपालीको गीत गाए,
    अब कसैले रुनु पर्दैन भने,
    तर देश रोइरह्यो
    तुईन झुन्ड्याएर,
    घुसको डोरीले बाँधिएर,
    बतास, ओम्नी र यतिका
    छायाँमा थिचिएर।
    कसैले प्रजातन्त्रको माला जप्यो,
    विकासको बत्ती बाल्यो,
    तर त्यो बत्ती
    शरणार्थीको आँसुमा निभ्यो,
    र माला
    ठगीको गलामा झुन्डियो।
    तर भीडको हल्लाभन्दा टाढा,
    एक स्वर थियो
    चर्को होइन,
    सत्यले भरिएको।
    भन्यो
    संघीयताको भारी
    यो माटोले थेग्दैन,
    यो देश कर्जाको थाप्लोमा
    घुँडा टेक्दैछ।
    भन्यो
    राजनीति अपराधीको हातमा पुग्यो भने
    समाज विस्फोट हुन्छ,
    र त्यो आगो
    कसैले निभाउन सक्दैन।
    भन्यो
    भ्रष्टाचार, महँगी, बेरोजगारी
    राष्ट्रिय रोग बनेका छन्,
    यदि उपचार भएन भने
    गणतन्त्र नै
    बदनाम हुनेछ।
    भन्यो
    विदेशी सम्झौताका सुनौला आवरणभित्र
    राष्ट्रघात लुकेको छ,
    ःऋऋ को छायाँमा
    भूराजनीतिक चक्रव्यूह छ।
    आज परिणाम उभिएको छ
    ती शब्दका अगाडि,
    ३० खर्ब ऋणको पहाड,
    १५ खर्ब व्यापार घाटाको खाल्डो,
    र खाली विकासको सडक।
    भदौका दिनहरू
    कुनै आकस्मिक आँधी थिएनन्,
    ती चेतावनी नमान्दाको
    अनिवार्य परिणाम थिए।
    अब मत
    कागजी सपना होइन,
    रङ्गीन भाषण होइन,
    अब मत भनेको
    सत्य रोज्ने आँट हो।
    त्यसैले
    नारा होइन,
    नक्सा होइन,
    नाटक होइन,
    अब गिलासमा दिनुपर्छ
    त्यो हातलाई
    जसले हिजै सत्य देख्यो,
    आज पनि उही बोल्छ,
    र भोलि पनि
    देशकै पक्षमा उभिन्छ।
    राष्ट्र र राष्ट्रियताको पक्षमा
    गिलासमा सत्य हालौँ।
    गिलासमा
    राष्ट्रिय जनमोर्चा।

    मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.