काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रमममा मृत्यु भएको हो ।
Advertisement
उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० गते अस्पतालमा भर्ना गरिएको थियो ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बुधबार अस्पतालमै स्वाब संकलन गरिएको थियो । बिहीबार बिहान आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।