पाल्पा । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा जिल्लाका दुबै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ ।
जसअनुसार राजमो पाल्पाले निर्वाचन पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नरमती सिंजाली र क्षेत्र नम्बर २ बाट विशाल दर्लामीलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाइएको हो ।
जिल्लामा दुबैलाई उम्मेदवार इमान्दार, संघर्षशील र जनमुखी राजनीतिक व्यक्तित्वको रुपमा परिचित रहेका छन् ।
पाल्पा जिल्लामा वैचारिक राजनीति, सुशासन र जनताको हक–अधिकारको पक्षमा सशक्त आवाज उठाउन सक्ने उम्मेदवारका रूपमा दर्लामी र सिंजाली चयन भएका हुन् ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी बसन्ती नरमती सिंजाली सामाजिक न्याय, महिला अधिकार र समान हक–हितको पक्षमा निरन्तर सक्रिय रहँदै आएकी नेतृ हुन् ।
त्यस्तै पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका विशाल दर्लामी राष्ट्रिय जनमोर्चाका पाल्पा जिल्ला अध्यक्ष समेत हुन् ।