नवलपुर । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।
Advertisement
जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट चन्द्र सापकोटा र नवलपुर निर्वाचन क्षेत्र नं. २ बाट विष्णु गिरीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको हो ।
नवलपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका चन्द्र सापकोटा विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय रहँदै जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेता हुन् ।
त्यसैगरी नवलपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार बनेका विष्णु गिरी पनि लामो समयदेखि वाम आन्दोलनमा आबद्ध रहँदै आएका अनुभवी नेता हुन् ।

