दाङ । राष्ट्रिय जनमोर्चाले गणेश आचार्य दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको, प्रशासनिक खर्च अत्यधिक बढाएको र भ्रष्टाचारलाई संस्थागत गरेको निष्कर्ष निकाल्दै संघीयता खारेजको माग गर्दै आएको छ। पार्टीका अनुसार संघीयता लागु भएपछि राज्यको खर्च अस्वाभाविक रूपमा बढेको, सेवा प्रवाह कमजोर बनेको र राजनीतिक अस्थिरता झनै गहिरिएको छ ।