अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची जिल्लाबाट पशुपति ढकाललाई उम्मेदवार बनाएको छ ।
Advertisement
लामो समयदेखि वामपन्थी आन्दोलन तथा जनमुखी राजनीतिमा सक्रिय रहँदै आएका ढकाललाई राजमोले चुनावी मैदानमा लिएर आएको छ । जनताका अधिकार, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका ढकालले अर्घाखाँचीका जनतामा राम्रो पहिचान बनाएका छन् ।
अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र आधारभूत पूर्वाधारका सवाललाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता रहेको छ ।