काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गतेका सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निश्चित भएका समानुपातिक उम्मेदवार सार्वजनिक भएको छ । निर्वाचन आयोगले माघ ४ गते उक्त बन्द सूची सार्वजनिक गरेको हो ।
राजमोको बन्द सूचीमा अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल लगायत शिर्ष नेताहरूको नाम उल्लेख छ ।
त्यस्तै करिब १७ वर्षदेखि निरन्तर रुपमा राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको छ । राजमोले उठाउँदै आएको ‘प्रवासी नेपालीलाई मताधिकार र समानुपाति प्रतिनिधित्वको व्यवस्था गर’ भन्ने नारालाई व्यवहारिक रुप दिंदै छजना प्रवासी नेताहरूलाई पनि बन्द सूचीमा समेटेको छ ।

राजमोले बुझाएको ११० जनाको बन्द सूचीमा आदिवासी जनजाति, खसआर्य, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अपाङ्ग सम्पूर्ण कलस्टरलाई समेटिएको छ । सम्पूर्ण कलस्टरमा ५० प्रतिशत महिला अनिवार्य सर्तलाई पनि व्यवहारिहकता प्रदान गरिएको छ । सोही अन्तर्गत नै ५.५० प्रतिशत प्रवासी नेपालीको प्रतिनित्व रहेको बन्द सूचीमा उल्लेख छ । जसअनुसार छजना प्रवासी नेताहरूलाई राष्ट्रिय जनमोर्चाले उमेदवारमा सिफारिस गरेको छ ।
