बुटवल । अखिल (छैठौं) लुम्बिनी प्रदेश समितिले प्युठानकेन्द्रित अभियानको तयारी बैठक सम्पन्न गरेको छ ।
केन्द्रीय अध्यक्ष सुवास जिसीको उपस्थितिमा २०८२ माघ २ र ३ गते बुटवल सो बैठक सम्पन्न भएको हो ।
अखिल (छैठौं) केन्द्रीय समितिको निर्णयबमोजिम सञ्चालन गरिने एकमहिने प्युठान जिल्लाको ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र प्युठान नगरपालिकामा विशेष सङ्गठनात्मक अभियानको व्यवस्थापनका सो बैठक केन्द्रित रहेको प्रदेश समितिका अध्यक्ष रिसव आचार्यले युगदर्शनलाई जानकारी दिनुभयो ।
माघ महिनाभरि सञ्चालन गरिने उक्त अभियान लाग्न सम्पूर्ण जिल्ला समितिलाई बैठकले निर्देशन गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आसन्न निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन सम्पूर्ण समिति चुनावकेन्द्रित अभियानमा लाग्ने पनि बताइएको छ ।
बैठकले माघ महिनाभित्र लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण जिल्ला समितिको बैठकसमेत सम्पन्न गर्ने निर्णय भएको पनि जानकारी दिइयो ।
त्यसैगरी बैठकले प्रदेश समिति सदस्यहरू प्रकाश चुँदाली (अर्घाखाँची), अंशु ठडराई (पाल्पा) र सचिन ढकाल (गुल्मी) लाई बिदाई गर्दै सो स्थानमा बसन्तराज गोराथोकी (प्युठान) र कविता राना (अर्घाखाँची) लाई प्रदेश सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पनि आचार्यले बताउनुभयो ।