सन्धिखर्क । जातीय समता समाज अर्घाखाँचीले तेश्रो सम्मेलनपछिको प्रथम जिल्ला भेला सन्धिखर्कस्थित राष्ट्रिय जनमोर्चाको कार्यलयमा सम्पन्न भएको छ ।
समता समाज जिल्ला अध्यक्ष कृष्ण बहादुर सुनारले अध्यक्षता र सदस्य राम बहादुर नेपालीले सञ्चालन गरेका थिए । भेलामा महासचिव खगेश्वर सुनारको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलाले कृष्ण बहादुर सुनारको अध्यक्षतामा १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– नुम बहादुर सुनार, सचिव– चेत बहादुर विक, कोषाध्यक्ष– भुपे सुनार रहेका छन् ।
त्यस्तै सदस्यहरूमाः रेशम विक, लक्ष्मी विक, गोपाल नेपाली, लिला विक, राजु सुनार, रामु सुनार, विष्णु सुनार, ज्ञानबहादुर सुनार, हुमबहादुर विक, ज्ञानबहादुर सुनार, रामबहादुर सुनार र बैकल्पिक सदस्यहरूमाः भुमा परियार, कमला सुनार, धुर्व विक, गोपाल विक र १ स्थान रिक्त राखिएको छ ।

त्यसैगरि सल्लाहकारमा कृष्णबहादुर सुनार, पुनबहादुर नेपाली, रामबहादुर नेपाली, गोकर्ण परियार र लेखनाथ सुनार चयन भएका छन् ।
भेलामा राष्ट्रिय जनमोर्चा निकटका विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

