खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका–५ ढाडददेरीमा अखिल नेपाल युवक सङ्घको विशेष अभियान सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष गणेश अधिकारको नेतृत्वमा २०८२ माघ ३ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जेनजी आन्दोलनपछि उत्पन्न नेपालको वर्तमान राजनीतिक अवस्था, नेपाली युवाको अवस्था, भ्रष्टाचार, राष्ट्रघाट, जनघात, वैदेशिक हस्तक्षेप, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपालप्रति अपनाएको नीतिको बारेमा प्रशिक्षण दिइएको थियो ।
अभियानमा युवक सङ्घका अध्यक्ष अधिकारीसँगै जिल्ला सदस्य सुशील जिसी, युवा नेता प्रकाश जिसीलगायतको उपस्थिति रहेको थियो ।