काठमाडौँ । अखिल नेपाल युवक संघको केन्द्रीय संगठनात्मक कार्यक्रम अन्तर्गत २०८२ माघ २ गते झिम्रुक गाउँपालिका वार्ड न १ अन्तर्गत बालुवा दाध्रा पातीहान्न बडाचौरमा विशेष अभियान सम्पन्न भएको छ ।
Advertisement
उक्त कार्यक्रम जेनजी आन्दोलन पछी उत्पन्न नेपालको बर्तमान राजनीतिक अबस्था, युवाहरूको अबस्था, भस्टचार, राष्ट्राघात, जनघात, वैदेशिक हस्तक्षेप, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपालप्रति लिएको नीति लगायतका विषयमा राजनीतिक प्रशिक्षण दिइएको थियो ।
उक्त कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, युवा नेता प्रकाश जिसी, राजमो नेता केसवराज प्रोखेल, रमेश पोख्रेल, ऋषिराम पोख्रेलको उपस्थिति र प्रशिक्षण रहेको थियो ।
