• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो काठमाडौँको उपाध्यक्षमा सुवेदी


  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँको उपाध्यक्षमा दिवाकर सुवेदी चयन हुनुभएको छ । राजमो काठमाडौँको २०८२ पुस २९ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    जिल्ला अध्यक्ष झबिन्द्र बेलबासेको हस्ताक्षरमा पुस ३० गते जारी गरिएको प्रेसविज्ञप्तिका अनुसार पूर्व जिल्ला उपाध्यक्ष राजेन्द्र पुडासैनीले पार्टीनीति विपरीत काम गरेकाले उहाँलाई हटाई सुवेदीलाई उपाध्यक्षमा चयन गरिएको उल्लेख छ ।

    प्रेसविज्ञप्तिमा फागुन २१ गतेको चुनावका लागि काठमाडौँका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिइने जानकारी दिइएको छ । त्यसका लागि तत्कालै नगर समितिका बैठक वा छलफल गरिने उल्लेख छ ।

    त्यस्तै विज्ञप्तिमा अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई निजकी पत्नीसहित गिरफ्तार गरेर अमेरिका पुर्‍याउने गतिविधिको विरोध गरिएको छ ।

    विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको सो नीतिलाई साम्राज्यवादी आतङ्क बताउँदै त्यसको विरोध गर्न अपिल गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको बैठक अध्यक्ष झबिन्द्र बेलबासेको अध्यक्षतामा सम्पन्न भयो । बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसविज्ञप्ति प्रकाशित गरिएको छ ।

    १. बैठकले अमेरिकाले जनवरी ३ मा भेनेजुयला विरुद्ध ठुलो मात्रामा हमला गरी भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई जबरजस्ती नियन्त्रणमा लिएको थियो । त्यसपछि ट्रम्पले पत्रकार सम्मेलनमा अमेरिकाले भेनेजुयलामाथि शासन गर्ने दाबी गरेका छन् । मदुरोलाई लागुऔषध कारोबार र आतङ्कवादी मुद्दामा हाल न्युयोर्कको एक कारागारमा राखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुयलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यसबाट अमेरिकाी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र सङ्घको घोषणापत्र वा अन्तर्राष्ट्रिय कानुनको समेत अतिक्रमण गरेर विभिन्न देशमाथि आक्रमण गर्ने र विश्वका देशलाई नै कब्जा गर्ने साम्राज्यवादी नीतिको हाम्रो पार्टीले विरोध गर्दछ । उसले ग्रिनल्यान्डमाथि पनि कब्जा गर्ने, क्यानडालाई अमेरिकाको एकाउन्नौँ राज्य बनाउने कोसिस गरिराखेको छ । इरानमाथि सिधै आक्रमण गरी त्यहाँ राजतन्त्रको पुनस्र्थापना गर्नका लागि जोड गरिरहेको छ । त्यसका साथै पनामाको नहरलाई पनि अमेरिकाले कब्जा गर्नेजस्ता धम्की दिइरहेको छ । यस प्रकारको नीति अमेरिकी साम्राज्यवादी आतङ्क नै हो भन्ने बैठकले ठहर गरेको छ ।

    अमेरिकाको त्यस प्रकारको आतङ्कवादी नीतिका कारणले सम्पूर्ण विश्वलाई शान्ति, सुव्यवस्था र विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न भएको छ । यस प्रकारको अमेरिकी साम्राज्यावादी आतङ्क तुरुन्त रोक्न हाम्रो पार्टीले जोड दिन चाहन्छ ।

    २. बैठकमा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ जिल्लाका सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयन गर्ने निर्णय गरेको छ ।

    ३. चुनावी तयारीका लागि आगामी २०८२ माघ १७ गते जिल्ला भेला गरी आवश्यक तयारी गर्ने निर्णय गरिएको छ ।

    ४. त्यसअघि सबै नगर पार्टीका नगरभेला निर्वाचन क्षेत्रका बैठक, छलफल २०८२ माघ १० गतेसम्म गरिसक्ने निर्णय गरिएको छ । त्यसका लागि सबै नगर, निर्वाचन क्षेत्रभित्रका सम्बन्धित पार्टी कमिटी, सदस्य, शुभचिन्तक, समर्थक, सबैलाई चुनावी तयारीका लागि लाग्न आह्वान गर्ने निर्णय गरिएको छ ।

    ५. जिल्ला पार्टीका उपाध्यक्ष राजेन्द्र पुडासैनीले पार्टीको नीति विपरीत गतिविधि, क्रियाकलाप र अभिव्यक्ति दिएको पाइएकाले सदस्यसमेत नरहने गरी हटाइएको छ । उक्त रिक्त पदमा दिवाकर सुवेदीलाई पदपूर्ति गरिएको छ ।”

    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.