• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • तेहरान । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।

    Advertisement

    इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने सम्भव नभएको राजधानी तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् । प्रतिशोधको डरले नाम नखुलाउने सर्तमा बोलेका साक्षीहरूका अनुसार एसएमएस सेवा अझै बन्द छ र इरानभित्रका इन्टरनेट प्रयोगकर्ताहरूले बाहिरी संसारका वेबसाइट वा सेवामा पहुँच पाएका छैनन् । यद्यपि सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटहरूमा सीमित पहुँच उपलब्ध रहेको उनीहरूको भनाइ छ ।

    बिहीबार राति अधिकारीहरूले देशभित्र र बाहिरी संसारसँगको सबै सञ्चार एकाएक बन्द गरेपछि अब थप छुट दिइने हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन ।

    यसैबीच, फ्रान्सेली विदेश मन्त्रालयले सुरक्षा अवस्था कमजोर भएकाले तेहरानस्थित आफ्नो दूतावासका अनावश्यक कर्मचारीलाई फिर्ता बोलाई दूतावासलाई सीमित कर्मचारी र सावधानीका साथ सञ्चालन गर्ने गरी पुनः व्यवस्थापन गरिएको जानकारी दिएको छ । यस हप्ताको सुरुमा अनावश्यक कर्मचारीहरूलाई इरानबाट बाहिर पठाइएको थियो । फ्रान्सेली समाचार एजेन्सीका अनुसार दूतावासका गैरआवश्यक कर्मचारीहरू आइतबार र सोमबार देश छोडेर गएका थिए । यद्यपि फ्रान्सका राजदूत भने तेहरानमै रहनुभएको छ र दूतावासले आफ्नो कामकाज जारी राखेको मन्त्रालयले सोमबार राति जनाएको छ ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले इरानी सरकार प्रदर्शनकारीहरूमाथि गरिरहेको हिंसा तुरुन्तै अन्त्य गर्न आह्वान गर्दै वर्तमान शासन आफ्नो ‘अन्तिम दिन र हप्ता’ मा रहेको विश्वास व्यक्त गर्नुभएको छ । भारतको बेङ्गलुरु भ्रमणका क्रममा मङ्गलबार उहाँले भन्नुभयो, “यदि कुनै शासनले बल प्रयोग गरेर मात्र सत्ता जोगाउन सक्छ भने त्यो प्रभावकारी रूपमा अन्त्यतिर पुगेको हुन्छ ।” उहाँले चुनावमार्फत जनताको वैधता नपाएको यो शासनविरुद्ध जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै द्वन्द्व शान्तिपूर्ण रूपमा अन्त्य हुने आशा व्यक्त गर्नुभयो । साथै, जर्मनी यस विषयमा अमेरिका र युरोपेली सरकारहरूसँग नजिकको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

    उता, इजरायली सेनाले इरानमा जारी विरोध प्रदर्शनका कारण ‘आश्चर्यजनक परिदृश्यहरूका लागि सतर्क’ रहेको बताएको छ । तर नागरिकहरूका लागि जारी गरिएका सुरक्षा निर्देशनमा कुनै परिवर्तन नगरिएको इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ । उहाँले इरानमा भइरहेको प्रदर्शनलाई आन्तरिक विषयका रूपमा वर्णन गर्नुभयो ।

    यसको पृष्ठभूमिमा गत गर्मीमा इजरायलले इरानको आणविक कार्यक्रममा आक्रमण गरेको थियो, जसपछि १२ दिनसम्म चलेको युद्धमा करिब एक हजार २०० इरानी र झन्डै ३० इजरायलीको ज्यान गएको थियो । पछिल्लो साता इरानले इजरायल वा अमेरिकाबाट आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    इन्टरनेट र अन्तर्राष्ट्रिय कल सेवा बन्द गरेर विरोध प्रदर्शन दमन गरिएपछि मङ्गलबार मात्र इरानी मोबाइल फोनहरूले विदेशमा कल गर्न सकेका हुन् । तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेससँग कुरा गर्न सफल भए पनि संयुक्त अरब इमिरेट्सको दुबईस्थित एपी ब्युरोले ती नम्बरहरूमा फिर्ता कल गर्न सकेन । प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट अझै पनि बाहिरी संसारसँग पूर्ण रूपमा काटिएको छ । विरोध प्रदर्शन चर्किँदै गएपछि इरानले बिहीबार इन्टरनेट र फोन सेवा बन्द गरेको थियो ।

    मानव अधिकार कार्यकर्ताहरूका अनुसार जारी विरोध प्रदर्शनका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ । यसअघि पनि सही तथ्याङ्क प्रदान गर्दै आएको अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको हो । सो एजेन्सीले इरानभित्रका विभिन्न स्रोतबाट प्राप्त सूचनाको क्रस–चेकिङमा आधारित तथ्याङ्क प्रयोग गरेको जनाएको छ ।

    एजेन्सीका अनुसार मृतकमध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षा बलका सदस्य रहेका छन् । पछिल्ला दुई हप्तामा १० हजार ७०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको पनि जनाइएको छ ।

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • २.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ३.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ४.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ५.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ६.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ७.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ८.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.