खिमराज चालिसे, भारत ।
Advertisement
प्युठान जिल्लाको नौवहिनी गाउँपालीका वार्ड नंबर ७ बास्कोटबाट माईत जान्छु भनि तिन छोरालाई छोडेर २०८२ साल कार्तीक ०३ गतेदेखि सम्पर्क श्रीमती विहिन बिष्णा गिरीको खोजी गरिदिन श्रीमान पदम गिरीले मूल प्रवाहलाई आग्रह गरेका छन् ।
बिष्णा गिरीले तिनलाख बिस हजार नगद र करिव एकलाख साठी हजारको जिन्सी सामान गरी जम्मा चारलाख असी हजारको चल अचल पुँजी लिएर परपुरुषसँग फरार भएको उनका श्रीमान पदम गिरीले आरोप लगाएका छन् ।
भारतको पञ्जाब राज्य तिर भएको आशंका रहेको पदम गिरीले बताए । निज विष्णा गिरीलाई कहि कतै कुनै महानुभावले भेटाएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा पदम गिरी +९१–९५८८०८२२१० र श्रीगंगानगर नगर समितिका अध्यक्ष गिरु प्रसाद न्यौंपानेको मोबाइल नम्बर +९१–९४१३५१४६४८ मा खबर गरिदिन अनुरोध गरिएको छ ।