काठमाडौँ । बाग्मती प्रदेशका मुख्य मन्त्री एवं नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको बताएका छन् ।
Advertisement
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्य मन्त्री बाँनियाले ढुवानी व्यवसायलाई प्रवाभकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताएका हुन्।
संघका अध्यक्ष पुष्पराज श्रेष्ठले पनि मन्तव्य दिएका थिए ।
कार्यक्रममा वागमति प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी लगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउनुदै लानुपर्नेमा जोड दिएका थिए ।