खिमराज चालिसे, भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले नगरका सल्लाहकार दिल बहादुर सुवेदीलाई सम्मान सहित विदाई गरेको छ ।
सुवेदी १९९२ देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरू निरन्तर सक्रियता पुर्वक निभाउँदै आउनु भएको छ ।
रोपडस्थित थर्मल प्लान्टबाट सेवानिवृत भएपछि मूल प्रवाह रोपडले सम्मान सहित विदाई गरेको हो ।
मूल प्रवाहका क्षेत्रीय सदस्य बिल बहादुर गुरुङ, लक्ष्मी गुरुङ, बिस्नु थापा, विद्यार्थी क्षेत्रीय समितिबाट प्रतीक्षा थापा, चन्द्रकला सापकोटा, तुलसी थापा लगायतले वधाई एवं शुभकामना दिनु भएको थियो ।
सुवेदीलाई नगर समितिको तर्फबाट प्रसंशा–पत्र र स्मृतीचिन्ह प्रदान गरिएको थियो ।
कार्यक्रम भिम बहादुर कार्कीको अध्यक्षतामा तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत भेग बहादुर टण्डनले गर्नु भएको हो ।
दिल बहादुर सुवेदी गुल्मी जिल्लाको दरवार गाउँपालीका २ पुर्खे उरिमडाडा निवासी हुनुहुन्छ ।