• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेकपा (मसाल) को स्पष्टीकरण : नेकपासितको भेटघाट भेनेजुयला प्रसङ्गमा


  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २४ गते महामन्त्री मोहनविक्रम सिंह र नेकपाका सहसंयोजक माधवकुमार नेपालीसित भएको भेटघाट भेनेजुयालको प्रसङ्गमा भएको स्पष्ट पारेको छ ।

    Advertisement

    सञ्चारमाध्यममा चुनावी सहकार्यका लागि सो भेटघाट भएको भन्ने भ्रम परेकोमा मसालको सो स्पष्टीकरण सार्वजनिक गरेको हो ।

    २०८२ पुस २६ गते अबरेर राति पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी स्पष्टीकरणमा लेखिएको छ :

    स्पष्टीकरण

    “यही पौष २४ गते हाम्रो पार्टी र नेकपाका सह–संयोजक का. माधव कुमार नेपालसित भेटघाट र कैयौं विषयहरूमा लामो छलफल भएको थियो । त्यसबारे हाम्रो पार्टीका तथा बाहिरका पनि कैयौं मित्रहरूले उत्सुकता प्रकट गरेर प्रश्नहरू सोध्नु भएको छ । त्यसबारे प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    अमेरिकाद्वारा भेनेजुएलामाथि आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मदुरोको अपहरणका बिरुद्ध विरोधको कार्यक्रम बनाउनका लागि यही पौष २३ गते राष्ट्रिय जनमोर्चाको कार्यालयमा एउटा संयुक्त बैठक बसेको थियो । त्यो बैठकमा का. मोहन बैद्यको नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चुनावमा भाग लिने कुनै पार्टीसित कुनै पनि विषयमा संयुक्त भएर कुनै कार्यक्रममा सामेल नहुने निर्णय गरेको कुरा थाहा      भयो । हामीले उहाँहरूलाई पनि अमेरिकाको भनेनेजुएलामाथिको आक्रमणका बिरुद्धको संयुक्त बैठकमा सामेल हुनका लागि आमन्त्रित गरेका थियौँ । तर हामीले चुनावलाई उपयोग गर्ने नीति अपनाएको भनेर उहाँहरूसित संयुक्त भएका सबै समुहहरूले हामीले आयोजना गरेको बैठकमा उपस्थित हुनु भएन । त्यो बैठकमा नेकपाका कतिपय केन्द्रीय नेताहरू पनि उपस्थित हुनु भएको थियो । त्यो बैठकमा अमेरिकाको भनेजुएलामाथिको आक्रमणका बिरुद्ध संयुक्त विरोध कार्यक्रम दिनका लागि मैले का. प्रचण्ड र का. माधवसित पनि भेटघाट वा टेलिफोनद्वारा कुराकानी गर्ने भन्ने समझदारी भएको थियो । त्यो समझदारी अनुसार मैले उहाँहरू दुबै जनासित सम्पर्क गरेको थिएँ र पौष २४ गते उहाँहरू दुवैजनाले भेट गर्न आउने कुरा गर्नु भएको थियो । तर पछि कामरेड माधव जी मात्र आउनु भएको थियो । त्यसपछि त्यही बेलुका मैले का. प्रचण्ड जी सित पनि फोनमा कुरा गरेको थिएँ । त्यसबारे कामरेड माधव जी सितको कुराकानीमा पार्टी एकता, क्रान्तिकारी संयुक्त मोर्चा र चुनावमा तालमेल गर्ने समेतबारे विस्तृत रुपले कुराकानी भएको थियो । त्यस सन्दर्भमा उहाँले आफ्‌ना बिचारहरू प्रस्तुत गर्नु भएको थियो र मैले पनि आफ्‌ना विचारहरू राखेको थिएँ ।

    त्यो संयुक्त वैठकमा अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विरोध गर्नेबारे हाम्रा बिचमा पूरै सहमती भएको थियो । तर अन्य विषयहरूमा खाली छलफल मात्र भयो र कुनै सहमती हुन सकेन । त्यही पनि अन्य विषयहरूमा पनि बिचबिचमा भेट गरेर कुराकानी गर्दै जाने का. प्रचण्ड र का. माधव जीसँग पनि सहमती भएको थियो । आवश्यकता अनुसार आउने दिनहरूमा हाम्रो बिचमा त्यस प्रकारको भेटघाट र छलफल हुँदै जान सक्नेछ ।

    हाम्रो यो स्पष्ट विचार छ कि पार्टी एकता सैद्धान्तिक राजनीतिक वा संगठनात्मक प्रश्नहरूमा सहमती भएपछि नै हुन सक्दछ । तर अहिले कुनै पक्षसित त्यस प्रकारको पार्टी एकताका लागि आधार तयार भएको छैन । तैपनि पारस्परिक सहमतीका आधारमा कैयौं पक्षहरूसित कार्यगत एकता वा गठबन्धन हुन सक्दछ र त्यसो गर्दा सम्बन्धित पक्षहरूले परस्परमा भएको सहमतिलाई इमान्दारितापूर्वक पालन गर्नु आवश्यक हुन्छ । तर गतकालमा खास गरेर चुनावको बेलामा भएको समझदारीलाई अन्य कतिपय पक्षहरूले पालन नगरेको वा अन्तरघात समेत गर्ने गरेको अनुभव हाम्रा अगाडि छ । त्यसैले हाम्रो पार्टीको नवौं महाधिवेशनले चुनावहरूमा कुनै पक्षसित तालमेल वा गठबन्धन नगरिकन एक्लै चुनावमा जाने नीति ठेगान गरेको छ ।

    हाम्रो पार्टीको २०८२ कात्तिकमा बसेको केन्द्रीय कमिटीद्वारा पारित राजनीतिक प्रस्तावमा लेखिएको छ : “हाम्रो पार्टीको नवौँ महाधिवेशनले अपवादको रुपमा कुनै स्थानीय तहमा बाहेक अन्य पक्षहरूसित चुनावका लागि कुनै तालमेल नगर्ने नीति निर्धारित गरेको छ ।” (बुदा नं. २१ – पृष्ठ ३१) हाम्रो चुनावमा एक्लै जाने त्यस प्रकारको नीति गठवन्धन वा चुनावी तालमेललाई नीतिगत रुपमा नै अस्वीकार गर्नु होइन । त्यही प्रकारले २०४६ सालमा, २०६२/०६३ सालमा वा ओलीद्वारा दुई/दुई पल्ट संसदको विघटन गर्दा कायम भएको पाँच दलीय गठबन्धनको नीति गलत थिए भन्ने पनि होइन । बेग्लाबेग्लै राजनीतिक सन्दर्भमा ती नीतिहरू सही थिए र कुनै खास राजनीतिक परिस्थितिको आवश्यकता अनुसार हामीले आगामी दिनहरूमा पनि पारस्परिक सहमतिका आधारमा त्यस प्रकारका नीतिहरू अपनाउने सम्भावनालाई पूरै अस्वीकार गर्न     सकिन्न । गतकालमा चुनावी तालमेलको नीति नै गलत भएको हुनाले होइन, अन्य पक्षहरूले चुनावी तालमेल गरेपनि अन्तर्घात गर्ने गरेको हुनाले नै हामीले चुनावमा एक्लै जाने नीति अपनाएका हौँ । तर कुनै खास अवस्थामा अन्य पक्षहरूले चुनावमा इमान्दारिता देखाउँछन् भन्ने विश्वसनीय आधार बनेमा कुनै स्थान विशेषमा चुनावी तालमेलको सम्भावनालाई पनि हामीले पूरै अस्वीकार गर्दैनौँ । तर हाम्रो मुख्य नीति राष्ट्रिय स्तरमा कसैसित चुनावी तालमेल नगर्ने र त्यसरी चुनावमा एक्लै जाने नै हुनेछ ।

    भेनेजुएलामा भएको अमेरिकी कारबाहीका विरुद्ध संयुक्त रुपले विरोध कार्यक्रम संचालन गर्नका लागि हाम्रो विभिन्न वामपन्थी पक्षहरूसित छलफल चलिरहेको छ । त्यसबारे कुन प्रकारको कार्यक्रम दिने छिट्टै निर्णय हुनेछ र त्यो कार्यक्रमलाई हामीले सार्वजनीक गर्नेछौँ ।”

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.