• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन


  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • वासिङ्टन । एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।

    Advertisement

    फक्स न्युजसँगको अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफूले त्यसबारे केही भन्न नचाहेको बताउनुभयो । उहाँका अनुसार घटनाका क्रममा त्यहाँ रूसी पनडुब्बी र एक विध्वंसक जहाज देखिएका थिए, तर अमेरिकी सेनाको उपस्थितिपछि ती दुवै छिट्टै त्यहाँबाट हटेका थिए । ‘हामीले जहाज नियन्त्रणमा लियौँ र अहिले त्यसबाट तेल उतारिएको छ, उहाँले दाबी गर्नुभयो ।

    अमेरिकी सेनाले उच्च समुद्रमा एक सातासम्म खोजी गरेपछि बुधबार ट्याङ्करमा चढी नियन्त्रणमा लिएको थियो । यो कारबाहीले मस्कोसँगको तनाव बढाउनुका साथै रुसको सहयोगी भेनेजुएलामाथि पनि दबाब बढाएको विश्लेषण गरिएको छ । यद्यपि विश्लेषण संस्था केप्लरका अनुसार जफतका बेला ट्याङ्करमा कुनै तेल थिएन, जसले राष्ट्रपति ट्रम्पको दाबीमाथि प्रश्न उठाएको छ ।

    उक्त ट्याङ्कर पहिले ‘बेला–१’ नामले परिचित थियो र सन् २०२४ मा अवैध रूपमा इरानी तेल ढुवानी गर्ने तथाकथित ‘छाया फ्लीट’ मा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो । गत महिना गुयाना झण्डामुनि भेनेजुएलातर्फ जाँदै गर्दा अमेरिकी तटरक्षकले जहाज नियन्त्रणमा लिन खोज्दा चालकदलले अस्वीकार गर्दै जहाज एटलान्टिकतर्फ फर्काएको थियो ।

    पछि चालकदलले जहाजमा रूसी झण्डा रङ्ग्याए र रूसी शिपिङ रजिस्ट्रीमा ‘मारिनेरा’ नाममा दर्ता गराए । जहाज ट्र्याकिङ डाटाअनुसार उत्तरी एटलान्टिकमा आइसल्यान्डको दक्षिणी तटबाट करिब १९० माइल टाढा ट्याङ्कर जफत गरिएको थियो ।

    यस अपरेसनका क्रममा अमेरिकी नौसेना सीलहरू र १६०औँ स्पेशल अपरेसन एभियसन रेजिमेन्टका सदस्यहरू संलग्न थिए । बेलायतको रक्षा मन्त्रालयले अमेरिकी अनुरोधपछि सहयोग गरेको जनाएको छ । तर अमेरिकाले अपरेसनको आधिकारिक भिडियो सार्वजनिक गरेको छैन ।

    रुसले यस जफतको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुद्री कानूनको उल्लङ्घन भएको दाबी गरेको छ । रुसी विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन माग गरेको छ भने एक रुसी सांसदले यस घटनालाई ‘२१औँ शताब्दीको समुद्री डकैती’ भनेका छन् ।

    राष्ट्रपति पुटिनले भने हालसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन ।

    चीनले पनि यस कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेको छ । यद्यपि ह्वाइट हाउसले रुस र चीनसँग तनाव बढ्न सक्ने चिन्ताबीच पनि प्रतिबन्धित र अवैध रूपमा तेल ढुवानी गर्ने जहाजहरूविरुद्ध कारबाही जारी रहने स्पष्ट पारेको छ ।

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.