• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जनजाति सम्मेलनको प्युठान साङ्गठनिक अभियान समापन


  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
  • खलङ्गा । हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनले सञ्चालन गरेको प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र प्युठान नगरपालिकाको वडा नम्बर ५ र ६ मा एकमहिने साङ्गठनिक अभियान २०८२ पुस २४ गते समापन गरिएको छ ।

    Advertisement

    सम्मेलनले करिब एक महिनासम्म “संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, प्रतिगमन र साम्राज्यवादी हस्तक्षेपको विरोध गरौँ” भन्ने मूल नारासहित सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीमगरको नेतृत्वमा पालिकाका विभिन्न टोल, गाउँ र वडामा पुगी सभा, जनभेटघाट, प्रशिक्षण, सदस्यता वितरण, समिति गठनलगायत विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

    उद्देश्य

    अखिल नेपाल जनजाति सम्मेलनले आदिवासी जनजातिको अधिकार र स्वयत्तताको रक्षा गर्न र साम्राज्यवादी हस्तक्षेपको विरोध गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेको हो ।

    गठन र इतिहास

    यो सङ्गठनको स्थापना २०४४ सालमा भएको थियो । यसले आदिवासी जनजातिका हकअधिकार, भाषा, धर्म, संस्कृति र लिपिको संरक्षणमा यसले काम गर्दै आएको छ ।

    समस्याको विश्लेषण

    अभियानमा आदिवासी जनजातिले भोग्दै आएको जातीय शोषण, उत्पीडन र भेदभावको सामना गर्नु परिरहेको ठहर गरिएको छ र त्यसका लागि यस प्रकारका अभियान, प्रशिक्षण, छलफल, अन्तक्र्रिया गर्नु आवश्यक रहेको महसुस गरिएको छ ।

    एकता र सद्भाव

    सङ्गठनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकको रूपमा एकता र सद्भाव कायम राख्नुपर्ने कुरामा मुख्य जोड दिएको छ ।

    माग

    सङ्गठनले आदिवासी जनजातिको वास्तविक मुक्ति र स्वायत्तताको लागि सङ्घर्ष गर्दै राज्यको एकाधिकारको विरोध गरेको छ । आफ्ना यी विषयमा माग राख्दै जनजाति आन्दोलन अगाडि बढाउनु अभियानले ठहर गरेको छ । त्यसरी सङ्घर्ष गर्दा जनजाति आन्दोलनको उदेश्य के हुनुपर्दछ ? जनजातिको धर्म, जाति, भाषा, संस्कृति र आर्थिक विकासको संरक्षण गर्नुपर्दछ भन्ने कुरालाई बढी ध्यान दिइएको छ । जनजाति आन्दोलनको उद्देश्य त्यही हुनुपर्दछ भन्ने ठहर अभियानको छ ।

    मिसनरी गतिविधि

    जनजातिलाई धर्म परिवर्तन र सांस्कृतिक प्रभाव विरुद्ध जनजातिको अधिकारको रक्षा गर्नुपर्दछ भन्ने ठहर जनजाति सम्मेलनले गरेको छ ।

    अभियान र आन्दोलनको प्रभाव

    गत भदौ २३–२४ गतेको आन्दोलनले देशव्यापी रूपमा तोडफोड, आगलागी र ध्वंसात्मक कार्य भयो । त्यसको तीव्र रूपमा विरोध, छलफल भएपछि त्यो कार्य गलत थियो भन्ने ठहर गरियो ।

    अन्तर्राष्ट्रिय प्रभाव

    अभियानमा अमेरिकी एम्बेसीद्वारा नेपाललाई चीनको रणनीतिअन्तर्गत बनाउन खोजिएको आरोप जनजाति सम्मेलन र अभियानको ठहर छ ।

    जनजाति उत्थान

    आदिवासी जनजातिको मानसिक बौद्धिक विचारलाई माथि उठाउन त्यस प्रकारका तालिम र प्रशिक्षण अभियान चलाउनुपर्ने आवश्यकता महसुस भयो ।

    निष्कर्ष

    राष्ट्रको एकता र सार्वभौमिकताको संरक्षणका लागि आदिवासी जातजातिमा जनचेतना आवश्यक रहेको ठहर भयो ।

    जनजाति सम्मेलनको यो एकमहिने साङ्गठनिक अभियान राष्ट्रियस्तरको तीनओटा प्रशिक्षण पालिकास्तरीय गाउँटोल, वडास्तरीय करिब ४५ ओटा प्रशिक्षण, दुईओटा सभा, ३२ ओटा समिति गठन भएका छन् । सयौँ स्थानमा जनभेटघाट र हजारौँलाई सम्मेलनको सदस्यता वितरण गरेको छ ।

    उक्त अभियानलाई सम्पन्न गर्न प्युठान जिल्ला समिति र नगरपालिकाको महत्त्वपूर्ण योगदान रह्यो । त्यसका लागि हाम्रो सङ्गठनले धेरै धेरै धन्यवाद दिन चाहन्छ । सम्मेलनका केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू पालैपालो अभियानमा खटिनुभएको थियो । जिल्लाजिल्लाका साथीहरूले कार्यक्रम के कसरी चलिरहेको छ भन्ने उत्साह, सोधपुछ, चिन्ता, कुराकानीले अभियानलाई थप उत्साहित बनाएको थियो ।
    आगामी दिनमा स्वयम् जनजाति सम्मेलन र प्युठान जिल्ला पार्टीले सङ्गठनात्मक सुदृढीकरणमा बढी ध्यान दिनु जरुरी छ । यस प्रकारका कार्यक्रम अझै पनि चलाउनुपर्ने आवश्यकता छ ।

    – निमबहादुर बुढाथोकीमगर

    बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.