दीप गोले तामाङ रौतहट ##
Advertisement
जंगवीरले गाउँको बीचमा रहेको पिपलको फेदमा ढुङ्गा राखियो ।
घुम्दै जाँदा धनेले सोध्यो – यो के हो ?
दुर्गाको उत्तर आयो – “देउता हो ।”
पहिलो दिन फूल चढाइयो, दोस्रो दिन उसका डर, भने तेस्रो दिन उसको प्रश्न नै हरायो ।
मान्छेको घुइँचो थियो । मन्दिरको छेउमा भोकै टुहुरो बालक रोयो ।
मन्दिरमा सजाएको घण्टी बज्यो र ती बालकको आवाज हरायो ।
आइतेले भन्यो – “देउता रिसाउँछ ।”
धनेले थप्यो “प्रश्न पाप हो ।”
वर्षोदेखि त्यो ढुङ्गा उस्तै थियो तर गाउँको विवेक मन्दिरमा थुनियो ।
भोलिपल्ट हेर्दा देउता सुरक्षित थियो । तर मान्छेहरू असुरक्षित भयो ।
त्यहीँ दिनदेखि गाउँलेले नयाँ कुरा सिक्यो ।
ढुङ्गालाई देउता बनाउँदा बनाउँदै मान्छे आफैं ढुङ्गा बन्यो ।