भारतको सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जनवरी ४, २०२६ देखी शुरु गरिएको छ।
Advertisement
मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा मूल प्रवाहको केन्द्रीय समितिको गत दशौँ बैठकको निर्णय र निर्देशन अनुसार मूल प्रवाहले भारत व्यापी सदस्यता वितरण अभियान र आम सर्वसाधारण नेपालीहरुको डाटा तथ्याङ््क संकलन अभियानलाई एकसाथ साथै सञ्चालन गरिने जानकारी दिनु भयो ।
कार्यक्रम तिल बहादुर थापाको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।