• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

धनुषा घटनाले साम्प्रदायिक रूप लिन सक्नेप्रति सचेत रहन मसालको ध्यानाकर्षण


  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले धनुषा घटनाले साम्प्रदायिक रूप लिन सक्नेप्रति सचेत रहन सबैको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ पुस २१ गते अबेर राति जारी प्रेसवक्तव्यमा सो धारणा व्यक्त गरिएको हो ।

    नेपालको संविधानमा व्यवस्था भएको धर्मनिरपेक्षताको मर्म विपरीत धनुषाको सामान्य घरेलु विवादलाई साम्प्रदायिक रूप प्रदान गर्न खोजिएको मसालको आरोप छ ।

    भारतको सीमावर्ती सहरका कतिपय कट्टर हिन्दुवादीले नेपालका सामान्य विवादलाई साम्प्रदायिक रूप प्रदान गर्न खोजेकोप्रति सचेत रहन पार्टीले ध्यानाकर्षण गराएको हो ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “तराईका केही जिल्लामा देखा परेको धार्मिक तनावको स्थितिप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । धनुषाको सामान्य घरेलु विवादबाट सुरु भएको त्यो विवादले हिन्दुमुस्लिम तनावको रूप लिन पुगेको छ र अहिले त्यो तनाव तराईका कतिपय जिल्लामा सरिसकेको छ । त्यसबाट देशमा गम्भीर प्रकारको हिन्दुमुस्लिम तनाव पैदा हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    भारतका कट्टर हिन्दुवादी तत्त्वहरूले बारम्बार नेपालमा हिन्दु र मुस्लिमका बिचमा साम्प्रदायता बढाउन प्रयत्न गर्दै आएका छन् । नेपाल एउटा धर्मनिरपेक्ष देश हो र सबै धर्मका बिचमा सदभावना र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ तैपनि कतिपय कट्टर हिन्दुवादीले, खास गरेर भारतका सीमावर्ती सहरमा रहेका कट्टर हिन्दुवादीले नेपालमा कुनै सामान्य विवाद पैदा हुनेबित्तिकै त्यसलाई साम्प्रदायिक रूप दिने र हिन्दुमुस्लिमका बिचमा तनाव पैदा गर्ने प्रयत्न गर्दै आएका छन् । अहिले मधेस प्रदेशका केही जिल्लामा देखा परेको धार्मिक तनावका पछाडि पनि त्यो कारणले काम गरेको कुराको अनुमान गर्न सकिन्छ । धनुषाको सामान्य घरेलु विवादपछि सुरु भएको हिन्दुमुस्लिम तनाव मधेस प्रदेशका कतिपय जिल्लामा फैलिएको छ । त्यो तनावलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नेतिर सबैको ध्यान जानुपर्ने आवश्यकता छ अन्यथा त्यसले अरू व्यापक रूप लिँदै जाने सम्भावना रहनेछ । त्यस्तो हुन नपाओस् भन्नका लागि हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

    नेपाल एउटा धर्मनिरपेक्ष देश हो र त्यसैले नेपालका सबै धर्मका बिचमा सहिष्णुतापूर्ण सम्बन्ध कायम राख्न सबैको ध्यान जानुपर्ने आवश्यकता छ तर नेपालमा राजावादीले धर्मनिरपेक्षतालाई समाप्त गरेर हिन्दु राष्ट्र निर्माण गर्न चाहन्छन् । उनीहरूको त्यस प्रकारको कार्यमा भारतका कट्टरपन्थी हिन्दु वा राष्ट्रिय स्वयम्सेवक सङ्घको पनि समर्थन रहने गरेको आम रूपमा थाहा भएको कुरा हो । हाम्रो पार्टीले धर्मनिरपेक्षतालाई कायम राख्नुपर्ने र सबै धर्मका बिचमा मैत्रिपूर्ण सम्बन्ध वा सहिष्णुताको वातावरण कायम राख्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ र अहिले पनि त्यो कुरामा जोड दिन्छ । त्यसैले अहिले मधेसका कतिपय जिल्लामा देखा परेको धार्मिक तनावले नेपालको संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षतासित मेल खाँदैन । त्यसकारण हाम्रो पार्टीले धर्मनिरपेक्षताको स्प्रिटअनुसार सबै धर्मका बिचमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

    मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.