पोखरा, कास्की । सार्वभौमसत्ता सम्पन्न भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले गरेको नाङ्गो हस्तक्षेका विरुद्धमा विश्वव्यापी विरोध भइरहेको परिवेशमा नेपालमा पनि विभिन्न क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरूले विभिन्न कोणबाट विरोध गरिरहेका छन् ।
Advertisement
यसैबिच राष्ट्रिय जनमोर्चा कास्की लगायत विभिन्न साम्राज्यवाद विरोधी शक्तिहरूले पोखरामा विरोध जनाएको छन् । सो सन्भर्दमा पोखराको पृथ्वीचोकममा सम्पन्न विरोध सभाको सञ्चालन राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाले गर्नुभएको थियो ।
विरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता कृष्ण अधिकारी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नारायण अधिकारी, प्रगतिशील लोकतान्त्रिक पार्टी टिकाराम पौडेल, नेकपा माओवादी आस्था सि, वरिष्ठ अधिबक्ता तिलक पराजुली लगायतले मन्तव्य दिनुभएको थियो ।