दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति दिल्लीको आयोजनामा २०८२ को प्रगतिशील देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
मूल प्रवाह केन्द्रीयय सदस्य शिव के.सी., तिलक पाण्डे, पक्षिमोत्तर क्षेत्रीय सदस्य तथा नई दिल्ली नगर समितिका अध्यक्ष दिनेश पन्थी, सोही नगर समितिका व्यापारी तथा सहयोगी सदस्य एमपी घिताङको आतिथ्यता रहेको थियो ।
सुनिल थापाको अध्यक्षता, रामु धमलाको सञ्चालन र हरि गेवालीको स्वागत मनतब्यबाट अगाडि बढेको सो कार्यक्रमलाई कार्यक्रममा केन्द्रीय सदस्य तिलक पाण्डे, क्षेत्रीय सदस्य दिनेश पन्थी लगाएतले समिक्षा मन्तव्य राख्नु भएको थियो ।
साथै केन्द्रीय सदस्य शिव केसीले देशमा जल्दो बल्दो समस्या प्रवासमा रहेका नेपालीहरूका समस्या, देशको चुनावी माहोल लगायत विषयमा मन्तव्य दिनुभएको थियो ।