आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समिति अन्तर्गतका अगुवा कार्यकर्ताहरू बिच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रम जनवरी ४, २०२६ का दिन नगर समितिको कार्यालयमा सम्पन्न कार्यक्रमको भएको थियो ।
Advertisement
नगर अध्यक्ष मिठ्ठु केसीको अध्यक्षता र सचिव लाखन परियारको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा केन्द्रीय सल्लाकार ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य धुर्व शाहको विषेश उपस्थिति रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पछि सहभागीहरूलाई नगर समितिका सदस्य राम बहादुर केसीले स्वागत गर्नुभएको थियो ।
ठाकुर खनाल र कपिल खनालले भारतस्थित नेपालीका समस्या र मूल प्रवाहले खेलेको भुमिका, संगठनको आवश्यकता संगठनात्मक पद्धतीका साथै देशको तात्कालिक राजनैतिक अवस्थाबारे प्रशिक्षण दिनु भएको थियो ।