पाल्पा । पाल्पाको रिब्दीकोट वडा नं. ४ मा अखिल नेपाल महिला सङ्घको समिति गठन भएको छ ।
Advertisement
प्रमुख अतिथि महिला सङ्घकी केन्द्रीय सदस्य नरमती सिंजाली र विशेष अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीको आतिथ्यमा २०८२ पुस १९ गते भएको तेस्रो भेलाले साे समिति गठन गरेको हो ।
अध्यक्षमा माया विश्वकर्मा, उपाध्यक्षमा, सीता गाहा, सचिवमा इच्छा विक र कोषाध्यक्षमा सन्ध्या विश्वकर्मा रहनुभएको छ ।
त्यस्तै भेलाले ११ सदस्यीय वडा समिति र पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ ।